back
Kumari Bank

उपत्यकाका सिनेमा हलले पनि तिर्दैनन् कर, साढे २ करोड बाँकी

Nepal Bank

काठमाडौं । उपत्यकामा संचालनमा आइरहेका ११ वटा सिनेमा हलले मनरोञ्जन कर वापतको साढे २ करोड रुपैयाँ तिर्न बाँकी रहेको महानगरपालिका राजस्व विभागले जनाएकोछ । यसरी कर नतिर्ने हलहरुलाई कारवाही गर्न लागिएको पनि विभागले जानकारी दियो ।

काठमाडौंमा ११ ओटा हल सञ्चालनमा छन् । ती हलहरुको मनोरन्जन कर वापत बार्षिक २५ लाख रुपैयाँ कर बक्यौता रहेको छ । महानगरले २०५६ देखि फिल्म हलको घरजग्गा, सवारी, व्यवसाय, विज्ञापन तथा मनोरन्जन कर लिन थालेको हो । उपत्यकामा संचालित कुनै पनि सिनेमा हलले मनोरञ्जन कर नतिरेको महानगरपालिकाको राजस्व शाखाले बताएकोछ ।

कारवाहीका प्रक्रिया अनुसार सुरुमा बैंक खाता रोक्का गर्ने त्यसपछि पनि कर नतिरेमा सिनेमा हलको सामाग्री एवं जग्गा लिलामी गर्ने महानगरापलिकाले निर्णय गरेकोछ । सिनेमा हलले एउटा टिकटको २ प्रतिशतका दरले मनोरन्जन कर तिर्नुपर्ने हुन्छ । सिनेमा घरहरुले दर्शकबाट सो कर लिने गरेता पनि सरकारलाई भने हालसम्म उक्त कर तिरेको पाएको छैन ।

५ फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन ५ बुधवार ११:२० मा प्रकाशित

You can share this post!

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:५७

राजेन्द्रप्रसाद पनेरु कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय...

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

प्रधानमन्त्री ओली स्वदेश फर्कदै   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:४७

काठमाडौँ  : विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन...

आजको लागि विदेशी मुद्राको विनिमयदर   

आजको लागि विदेशी मुद्राको विनिमयदर   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३८

काठमाडौँ  : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

आजको मौसम : यी स्थानमा भारी वर्षा हुने पूर्वानुमान   

वि.सं.२०८२ असार २० शुक्रवार ०६:३३

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको...

आज २० आषाढ २०८२ शुक्रवार, कस्तो रहला तपाईको राशिफल ?

आज २० आषाढ २०८२ शुक्रवार, कस्तो रहला तपाईको राशिफल ?

वि.सं.२०८२ असार २० शुक्रवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

फेरि बढ्यो अन्डाको भाउ, प्रतिक्रेट कति ?

वि.सं.२०८२ असार १९ बिहीवार १८:२६

काठमाडौँ । १० दिनअघि मात्रै मूल्य समायोजन गरिएको अन्डाको भाउ...