
काठमाण्डौं । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ नौखरीका ३२ वर्षीय आशाराम चौधरी घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन्।
छिमेकीको विवाहमा जान्छु भन्दै घरबाट निस्केका चौधरी झुन्डिएको अवस्थामा फेला परेका हुन् । चौधरी झुन्डिएको अवस्थामा देखेपछि घरपरिवारका सदस्यले तत्काल इलाका प्रहरी कार्यालय झलारीमा खबर गरेका थिए।
घटनास्थलमा पुगेको प्रहरीको टोलीले चौधरीको शव रुखबाट निकाली शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा पठाएको छ।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सुदाम रावलले चौधरीको आर्थिक अवस्था कमजोर रहेकाले घरपरिवारको खर्च धान्न नसक्दा आत्महत्या गरेको हुन सक्ने रासस ले जानकारी दिएको छ ।
प्रकाशित मिति /२०७२ फाल्गुण ७, शुक्रबार
वि.सं.२०७२ फागुन ७ शुक्रवार ११:१५ मा प्रकाशित