म्याग्दी । सदरमुकाम बेनीका व्यवसायीले दुग्धजन्य वस्तुको मूल्य बढाउने भएका छन् ।
दुग्ध उत्पादन तथा डेरी व्यवसायी समितिका अध्यक्ष कोषानन्द आचार्यको अध्यक्षतामा शनिबार बेनीमा बसेको बैठकले आगामी चैत १ गतेदेखि लागु हुने गरी मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । देशभर समग्र वस्तुमा भएको मूल्यवृद्धिको असर कृषक र दुग्ध व्यवसायीमा परेकाले मूल्यवृद्धि गरेको समितिका सचिव यज्ञनाथ आचार्यले जानकारी दिए ।
किसानबाट हाल ६० प्रतिलिटरका दरले दूध खरिद गर्दै आएका व्यवसायीले उनीहरुलाई थप रु सात दिने निर्णय गरेका छन् । व्यवसायीले भने १० बढाएर दूधको बजारमूल्य प्रतिलिटर ८० पुर्याउने भएका छन् । चौबिस ल्याक्टो भएको दूध मात्रै खरिद बिक्री गर्ने निर्णय भएको सचिव आचार्यले बताए । प्रतिलिटर दहीको मूल्य १००, घीउ एक हजार १०० र पनिरको मूल्य ९०० तोकिएको छ । यस्तै आइसक्रिम प्रतिलिटर १००, कुराउनी प्रतिकिलो एक हजार र लप्सी प्रतिगिलास ४० मा बिक्री गर्ने निर्णय गरिएको छ ।
वि.सं.२०७२ फागुन ९ आइतवार १७:०५ मा प्रकाशित