back
SKIP
prime bank ad

मलेसियामा नेपालीसहित ९७१ जना कामदार पक्राउ

Kumari bank ad

काठमाण्डौं । मलेसियाले गैरकानुनी आप्रवासी कामदारविरुद्ध गत शुक्रबार रातिदेखि थालेको देशव्यापी कारबाहीमा ९७१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कति नेपाली छन् भन्ने जानकारी पाउन सकेको  छैन ।

यद्यपी अध्यागमन विभागका अधिकारीलाई उद्र्धत गर्दै स्थानीय समाचार संस्था बर्नामा प्रकाशित समाचारअनुसार अध्यागमन विभागले मलकामा सञ्चालन गरेको कारबाहीमा १ सय ६१ जना नेपाली पक्राउ परेका छन् ।

यही फेब्रुअरी १५ देखि गैरकानुनी कामदारलाई वैद्य भई रोजगारी गर्न पाउनेगरि दर्ता प्रक्रिया थालेको मलेसियाले शुक्रबार रातिदेखि ती कामदारहरुविरुद्ध खोजी एवं कारबाही तीब्र पारेको हो ।

अध्यागमन अधिकारीहरुले साइबरजया, क्वाला तेरेंगानु, पेनांगस्थित बुकित मेतारजाम, स्रेम्बान र इपो लगायत क्षेत्रमा गरिएको कारबाहीमा उक्त संख्यामा गैरकानुनी आप्रवासी पक्राउ परेका उल्लेख गरेका छन् । पक्राउ पर्नेमाथि परिचय खुल्ने कानुनी कागजातहरु नभएका र ओभरस्टे अवस्थामा रहेको लगायतका आरोप छ र उनीहरुलाई थप अनुसन्धानका लागि अध्यागमनको डिपोमा राखिएको जनाइएको छ ।

मलक्का बाहेक अन्य क्षेत्रमा पक्राउ पर्नेहरुमा नेपाली रहे वा नरहेको केही जानकारी पाउन सकिएको छैन । पक्राउ पर्नेहरु नेपालीसहित बंगलादेशी, इण्डोनेसियाली, भारतीय, बर्मेली, चिनियाँ, श्रीलंकनहरु रहेका र तीमध्ये कतिपय महिला कामदार रहेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

करिब २१ लाख आप्रवासी कामदार वैद्यरुपमा कार्यरत रहेको भनिएको मलेसियामा झण्डै त्यति नै संख्यामा गैरकानुनी कामदार रहेको हुनसक्ने अनुमान छ । उसले मुलुकमा रहेका गैरकानुनी कामदार हटाउन सन् २०११ मा आममाफी एवं वैद्य हुने अवसरसहितको कार्यक्रम सञ्चालन गर्दा पनि यस्तै कडा कारबाही अभियान चलाएको थियो । त्यतिबेला पनि हजारौं आप्रवासी कामदार पक्राउ परेका थिए । तीमध्ये कतिपय नेपाली पनि थिए ।

समाचारअनुसार गतवर्ष यस्तै कारबाहीमा करिब ६० हजार गैरकानुनी आप्रवासी कामदार पक्राउ परेका थिए । गत बिहीबारसम्ममा ८ हजार ५८ जना कामदारलाई उनीहरुकै देश फिर्ता पठाइसकिएकोसमेत उल्लेख गरिएको छ ।

प्रकाशितः कान्तिपुर दैनिक, २०७२ फाल्गुन ९

वि.सं.२०७२ फागुन ९ आइतवार १७:१८ मा प्रकाशित

You can share this post!

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित   

१९ औँ एसियाली खेलकुद : टेबल टेनिसमा नेपालका सिक्का र नविता पराजित   

वि.सं.२०८० असोज ११ बिहीवार १९:५३

विक्रम गिरी हाङझाउ (चीन), ११ असोज : १९औँ एसियाली खेलकुद,...

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

एमाले बागमती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी   

वि.सं.२०८० असोज ११ बिहीवार १६:५३

काठमाडौँ, ११ असोज : नेकपा (एमाले)को प्रथम बागमती प्रदेश कमिटीको...

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने   

वि.सं.२०८० असोज ११ बिहीवार १६:४६

न्युयोर्क, ११ असोज : ‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब...

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

बीमाको विकास र विस्तारका लागि प्रदेश सरकारले प्रदेश बीमा नीति ल्याउनुपर्छ : अध्यक्ष सिलवाल

वि.सं.२०८० असोज ११ बिहीवार १६:४०

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज गण्डकी प्रदेशको मुख्यमन्त्री...

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन   

वि.सं.२०८० असोज ११ बिहीवार १६:२२

काठमाडौँ, ११ असोज : राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गर्नुभएको...

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु   

वि.सं.२०८० असोज ११ बिहीवार १६:१८

मकवानपुर, ११ असोज : करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा...