back
Kumari Bank

एनएमबी बैंक र शिखर इन्स्योरेन्समा खुल्यो जागिर

Nepal Bank

काठमाण्डौं । क वर्गको वाणिज्य बैंक एनएमबी बैंक र शिखर इन्स्योरेन्स कम्पनीले व्यवस्थापनको डिग्री हासिल गरेकाहरुलाई लक्षित गर्दै विभिन्न पदमा जागिरको अवसर खुलाएका छन् ।

एनएमबी बैंक लिमीटेडले काठमाण्डौ, पूर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रका लागि विभिन्न पदमा १० वटा पदहरुमा जागिरको अवसर खुलाएको छ । डेपुटी र असिस्टेन्ट मेनेजरको तहमा रहेर काम गर्ने गरी सिनियर आरएम बिजिनेश बैंकिंगमा केही जनशक्ति माग गरेको छ । यस्तै, क्रेडिट रिस्क अफिसर र रिकभरि अफिसरका लागि समेत योग्यबाट दरखास्त आह्वान गरिएको छ ।

त्यस्तै बैंकले काठमाण्डौ उपत्यकाभित्रका शाखाहरुका लागि शाखा प्रबन्धकको पनि माग गरेकोछ । पूर्वाञ्चल र पश्चिमाञ्चलका केही शाखा कार्यालयहरुका लागि समेत ब्राञ्च म्यानेजर माग गरिएको छ । तिनै क्षेत्रका लागि जुनियर अफिसरमा रिलेशनसीप म्यानेजरको समेत माग गरेकोछ ।

सबै पदहरुमा फाइनान्स, म्यानेजमेन्ट र अकाउण्टमा कम्तीमा स्नातक गरेकोले आवेदन दिनसक्ने जनाइएको छ । सबै पदमा स्नातकोत्तर गरेकालाई विशेष प्राथमिकता दिइने सूचनामा उल्लेख छ । यी सबै पदका लागि मार्च ३ भित्रमा आवेदन दिइसक्नुपर्ने छ ।

यसैगरी, बिमा कम्पनी शिखर इन्स्योरेन्सले बिमा कम्पनीको कन्सल्ट्यान्ट कम्पनी केएफएले हेल्थ इन्स्योरेन्स सेल्सको हेडमा १ जना र सोही डिपार्टमेन्टको अफिसर पदमा ५ जनाका लागि जागिरको अवसर खुलाएको हो । सेल्सको हेडमा एमबीए र अफिसर पदमा व्यवस्थापनमा स्नातकहरुले आवेदन दिन सक्ने छन् । दुवै पदमा बिमा सम्बन्धी अनुभव भएकाहरुलाई प्राथमिकतामा दिइने उल्लेख छ । आगामी मार्च १ सम्ममा दुवै पदमा आवेदन दिन सकिन्छ ।

१२ फागुन, २०७२, १.३०

वि.सं.२०७२ फागुन १२ बुधवार १४:३७ मा प्रकाशित

You can share this post!

गण्डकी प्रदेश विद्युत विधेयकमा इप्पान : विधेयक राजस्व केन्द्रित भयो, रोयल्टीको कुरा संविधान अनुसार हुनुपर्छ

गण्डकी प्रदेश विद्युत विधेयकमा इप्पान : विधेयक राजस्व केन्द्रित भयो, रोयल्टीको कुरा संविधान अनुसार हुनुपर्छ

वि.सं.२०८२ असार २४ मंगलवार २१:००

काठमाडौं । गण्डकी प्रदेशको प्रस्तावित विद्युत् विधेयकमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको...

७० औं वार्षिकोत्सवमा यामाहाद्वारा राष्ट्रव्यापी एक्सचेन्ज अफर, ग्राहकलाई नगद छुटदेखि शून्य ब्याज EMIसम्मको सुविधा

७० औं वार्षिकोत्सवमा यामाहाद्वारा राष्ट्रव्यापी एक्सचेन्ज अफर, ग्राहकलाई नगद छुटदेखि शून्य ब्याज EMIसम्मको सुविधा

वि.सं.२०८२ असार २४ मंगलवार २०:५५

काठमाडौं : जापानी मोटरसाइकल निर्माता यामाहाको नेपालस्थित आधिकारिक वितरक एमएडब्लू...

नेपाल एसबिआई बैंकको ३२औं वार्षिकोत्सव सम्पन्न

नेपाल एसबिआई बैंकको ३२औं वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ असार २४ मंगलवार २०:४१

काठमाडौं : नेपाल एसबिआई बैंक लिमिटेडले यही जुलाई ७ (असार...

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन   

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन   

वि.सं.२०८२ असार २४ मंगलवार २०:३३

काठमाडौँ  : प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको...

बीमा प्राधिकरणको ‘बीमा नीति’ सार्वजनिक, बीमाको पहुँच, पारदर्शिता र प्रविधि सुदृढीकरणमा केन्द्रित

बीमा प्राधिकरणको ‘बीमा नीति’ सार्वजनिक, बीमाको पहुँच, पारदर्शिता र प्रविधि सुदृढीकरणमा केन्द्रित

वि.सं.२०८२ असार २४ मंगलवार १८:१८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ का लागि...

विद्युत् प्राधिकरणले अगाडि बढायो ९६० मेगावाटको सौर्य परियोजना, २० अर्बको ऋणपत्र निष्कासनको तयारी

विद्युत् प्राधिकरणले अगाडि बढायो ९६० मेगावाटको सौर्य परियोजना, २० अर्बको ऋणपत्र निष्कासनको तयारी

वि.सं.२०८२ असार २४ मंगलवार १८:०१

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले ऊर्जा मिश्रण अवधारणाअन्तर्गत ९६० मेगावाट...