
काठमाडौं । तार एयरको 9N-AHH जहाजमा सवार २३ जनाकै मृत्यु भएको पुष्टि भएको छ । जहाजमा चालक दलका ३ सदस्य र २० यात्रु सवार थिए । जहाजमा सवार सबैको मृत्यु भएको म्याग्दीका जिल्ला प्रहरी प्रमुख विश्वराज खड्काले बताए ।
जहाज दुर्घटनास्थल दाना गाविसको टिकेढुंगामा जहाज टुक्रा टुक्रा अवस्थामा भेटिएको थियो । दुर्घटनास्थल बेनी-जोमसोम सडकखण्ड अन्तर्गत पर्ने रुप्से झरनाबाट ४/५ घण्टा उकालो लागेपछि मात्रै पुग्न सकिन्छ ।
पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको तारा एयरको ढल्ब्ज्ज् ट्वीनअटर विमान विहान सवा ८ बजेदेखि सम्पर्कबिहीन भएको थियो । विमानमा वरिष्ठ पाइलट रोशन मानन्धर, को–पाइलट दिकेश र एयर होस्टेस रमा रावल रहेका थिए।
वि.सं.२०७२ फागुन १२ बुधवार १५:०६ मा प्रकाशित