काठमाण्डौँ । शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्म २१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा आठ करोड रुपैयाँले बढी हो ।
कर्जा लगानी तथा अन्य आय र आय व्यय हिसाबबाट सारेको आम्दानीले संस्थाको नाफा बढ्न पुगेको हो । यो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म २६ करोड रुपैयाँ दावी भुक्तानी गरेको छ ।
इन्स्योरेन्सले बीमा शुल्क पनि बढाएको छ । ६ महिनाको अवधिमै करिब २० करोड रुपैयाँ बीमा शुल्क बढाएको यस कम्पनीले ६४ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ ।
कम्पनीले पुनर्बीमाबाट १३ करोड रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै करिब आठ करोड रुपैयाँ लगानी, कर्जा तथा सापटीबाट आम्दानी गरेको छ ।
१४ फागुन २०७२, १०.००
वि.सं.२०७२ फागुन १४ शुक्रवार ११:४५ मा प्रकाशित