back

नेपालीलाई तलब दिन सकेनन् साउदीका कम्पनीले

काठमाण्डौं । साउदीको प्रमुख दोस्रो सहर दमामस्थित साद सहमी अल हजारी कम्पनीले गएको अक्टोबरदेखि ३ सयजना नेपालीको तलब भुक्तानी गर्न सकेको छैन ।

दमाममै रहेको मोहम्मद अलमोजिल कम्पनीका ५० कामदार स्वदेश फिर्न सकेका छैनन् । अल सत्रायन कन्ट्रयाक्टिङमा कार्यरत २१ नेपालीले जुलाईयता एक रियाल पनि हात पारेको छैनन् ।

रियादस्थित नेपाली दूतावासको श्रम गुनासो शाखामा यस्ता पीडितहरूको सूची लामै छ । दूतावासको रेकर्डअनुसार पछिल्ला महिनामा कम्पनीहरू कामदारका तलब भुक्तानी गर्न असमर्थ भएकाले पीडित कामदारको चाप बढिरहेको छ ।

‘बीचमा तलब नपाउने समस्या कम हुँदै आएको थियो,’ कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले भने, ‘पछिल्लो समय तलब नदिने कम्पनीबाट पीडित कामदारको गुनासो सुन्ने फुर्सद छैन ।’

साउदी सरकारबाटै भुक्तानी रोकिएकाले तलब दिन नसकेको कम्पनीहरू बताउँछन् । ३ सय जना अलपत्र कामदारलाई उद्धारको लागि दमाम पुगेका श्रमसहचारी कृष्णप्रसाद दवाडीलाई कम्पनीका अधिकारीहरूले जवाफ दिए, ‘जुन दिन भुक्तानी निकासा भएर आउँछ त्यो दिन नै सबैको तलब भुक्तानी हुन्छ ।’ कम्पनीहरूले मुख्य ठाउँबाट रकम निकासा नगरिदँदा यसको मार कामदारले भोग्नुपरेको छ ।

जीविका चलाउनै मुस्किल कम्पनीहरूले पीडितको लागि खाना र बासस्थानमा समेत ध्यान दिन छाडेका छन् । ८ महिनादेखि तलब नपाएका रामेछापका श्याम खड्काले भने, ‘दैनिक जीवन चलाउन एकदमै कठिन छ । बिहान खाए बेलुका के खाउँm, बेलुका खाए बिहान के खाउँm भएको छ ।’

‘हामीसँग ३ सयजना साथी छन्,’ सर्लाहीका देव मैनालीले भने, ‘कसैले सहयोग गरे भने दुईरचार दिनलाई मात्रै हो । नियमित गर्न सकिन्न ।’

इटहरीका आनन्द खतिवडाले भने, ‘मैले कतारमा कार्यरत भाइसँग पैसा मगाएर खाना खाने जोहो मिलाइरहेको छु ।’

पीडितहरू श्रम समस्या समाधानका लागि स्थानीय श्रम विभाग पुगे पनि प्रभावकारी सुनुवाइ हुँदैन । कम्पनीका अधिकारीहरू भुक्तानी नभएको चेक विभागमा पेस गर्छन् । श्रम विभागले ती कम्पनीलाई कालोसूचीमा राखिसकेको छ । ‘कालोसूचीमा राखेर मात्रै हुँदैन । हाम्रो उद्धार हुनुपर्छ,’ इटहरीका खतिवडाले भने, ।
प्रकाशितः २०७२ फाल्गुन १६

वि.सं.२०७२ फागुन १६ आइतवार ११:४९ मा प्रकाशित

You can share this post!

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

नेपाललाई सहुलियतपूर्ण वित्तीय लगानी उपलब्ध गराउन अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज ८ सोमवार २१:३५

काठमाडौँ, ८ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित...

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

फूडमान्डुमा अबदेखि ५०० भन्दा कममा पनि फूड अर्डर गर्न मिल्ने, साथै पहिले भन्दा कम डेलिभरी शुल्क

वि.सं.२०८० असोज ८ सोमवार २१:३१

काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले...

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

चाडपर्व नजिकिँदा बढेन आयात, राजस्व असुली पनि कम    

वि.सं.२०८० असोज ८ सोमवार २१:२६

भैरहवा (रूपन्देही), ८ असोज : नेपालमा तीज सकिएको छ भने...

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार   

वि.सं.२०८० असोज ८ सोमवार २१:२०

मोरङ, ८ असोज : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज...

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

बिरामीको मृत्युपछि मणिपाल अस्पतालमा तनाव   

वि.सं.२०८० असोज ८ सोमवार २१:१४

गण्डकी, ८ असोज : उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित...

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

१९औँ एसियाली खेलकुद : महिला फुटबलमा नेपाल जापानसित पराजित   

वि.सं.२०८० असोज ८ सोमवार २१:०९

विक्रम गिरी हाङझाउ (चीन), ८ असोज : १९औँ एसियाली खेलकुद,...