back
mega bank Ad
Hero Ad

संस्मरणमा – देव्रे आँखा

उत्तम कडेल

फोनको घण्टी वजेछ र थाकेछ । थाके पछि त्यो स्वतः मिस कलको खातामा जान्छ । त्यो सवैलाई थाहा भएकै विषयवस्तु हो । निकै वेर पछि थाहा भयो, विरहीको फोन रहेछ । म प्रायः मिस कल फर्काउने गर्छु । पछि आफ्नो ‘देव्रे आँखा’ विमोचनको सन्दर्भमा प्रकृती–मानव केन्द्रीत जनअभियान टिमलाई निमन्त्रणा दिनउनले फोन गरेका रहेछन्। निमन्त्रणा सहर्ष स्विकार गरियो ।

विरहीसँगको चिनजान धेरै पुरानो भएको छैन । त्यस्तै चारपाँच वर्ष भएको हुँदो हो । प्रकृती–मानव केन्द्रीत जनअभियानका विभिन्न कार्यक्रमहरुमा भारत जाँदाआउदा हाम्रो चिनजान भएको थियो । त्यस पछि हामी छिट्टै आत्मीय बनेका थियौ । हुँदा हुँदा आज उनी संस्थाको महासचिव र म त्यसको अध्यक्ष भएको छु ।

विरही एक सिद्धहस्त कवि हुन् । त्यसो त उनको परिचय पत्रकार र निवन्धकारमा पनि दरिन्छ । संस्थाको महासचिवको हैसियतमा उनी एक सामाजिक अभियन्ता पनि हुन् । म उनको लेखकीय क्षमतावाट निकै प्रभावित थिएँ र छु । भेटेसम्म म उनको रचना पढ्छु र भेट्ने वित्तिकै प्रतिक्रिया दिने गर्छु ।

मसँग समय र खर्च दुवै अभाव थियो । ‘दुई पैसाको आम्दानी छैन कती हिड्न सकेको ?’ वुढीको सदावहार कचकच छँदै थियो । तर पनि ‘देव्रे आँखा’ हेर्ने ईच्छाले म यही फल्गुण ८ गते काठमाण्डौ पुगे ।

समयमै पुग्दा पनि कार्यक्रमको सुरसारै थिएन । विरहीसँग हात मिलाएर आफ्नो उपस्थिति जनाएँ । खाली समय पनि निरस थिएन । लेखक एवं मित्र नारायण ढकाल लगायत कैयौं चिरपरिचित साथीहरुवीच पुरानो स्मृतीको पानाहरु पल्टाउँदा पल्टाउँदै समय बितेको पत्तै भएन ।
एउटा सानो र अव्यवस्थित हलमा छोटो तर रोचक कार्यक्रम शुरु भयो । हलमा श्रोताहरु खचाखच थिए । धेरै श्रोताहरुले जस्तै मैले पनि वस्ने सिट पाईन, उभिरहे । कार्यक्रममा कविहरु श्यामल, नारायण र विरहीले मन्तव्य राखे । उद्घोषक पनि मिठा वक्ता रहेछन् । कार्यक्रम सकियो । फर्कदै गर्दा पुस्तकको संक्षिप्त समिक्षा र वक्ताहरुको रोचक प्रस्तुतीले माथिङगल रिङगाई रहयो । कुराको चुरो भित्र छिर्दै जाँदा म भिड र हल्ला भित्र वाटोभरी हराई रहें ।

मलाई रक्सी पटक्कै मन पर्दैन । विरहीले आदतलाई मिठो शब्दमा उल्लेख गरेका छन् । मानौं त्यो यस्तो आदत हो जस्ले मिठा शब्दहरु उत्पादन गर्छन् । दिमागवाट फुत्त झरेर आखिरमा एउटा सुन्दर निवन्ध तयार हुन्छ । यदी मैले पनि पिएँ भने त्यस्तै शब्दहरु निस्कन्छन् कि जस्तो भान भयो मलाई

कार्यक्रममा एकजना वक्ताको धारणा विरहीका निवन्धहरु कविता जस्तै छन् भन्ने थियो । त्यसो भए निवन्ध र कविताको नयाँ परिभाषा आउनु पर्छ भन्ने अर्का वक्ताको धारणा थियो । मलाई भने कविता जस्तो निवन्ध कस्तो होला ? कला र विचारको संयोजन कति सुन्दर होला ? मनमा कसैले मिठो कविता वाचन गरिरहेको अनुभुती भयो । त्यतिवेला मेरो मन भने देवे्र आँखामा झुण्डीरहेको थियो ।

गत मे महिनाको कुरा हो । संस्थाको भारत युनिटको जम्मु सम्मेलनमा पुगेको थिएँ । युनिटका अध्यक्ष सज्जन कुमारसँग भेट भयो । भेटहुँदा उनी दिवंगत आर.पी. शर्राफको अङग्रेजी सङकलन पढिरहेका थिए । म पनि पुस्तकको अध्ययनमा सामेल भएँ । शर्राफका हरेक शव्दहरु गहन छन् । उनका हरेक वाक्यहरु कविता जस्तै मिठा छन् भन्दै सज्जनले पुस्तकका कैयौं हरफहरु पढेर सुनाए । हुन पनि शर्राफका विचार र लेखकिय क्षमता अद्वितिय थियो ।

सहि विषय वस्तुलाई कविता जस्तै मिठो शैलीमा प्रस्तुत गर्न सकियो भने त्यसले पाठकहरुको मन तान्छ । शर्राफ र विरहीका सन्दर्भ वेग्ला वेग्लै होलान् । लेखकीय शक्ती पनि तलमाथी होलान् । तर मेरो मनले उनीहरु दुवैको लेखकीय शक्तीलाई सलाम गरिरह्यो ।

कार्यक्रममा निवन्धकार विरहीले छोटो तर सारगर्भीत मन्तव्य राखेका थिए । त्यो पनि मन छुने शैलीमा । उनको भनाई अनुसार आफुलाई जहिल्यै रातो रङग मन पर्छ । त्यो पनि छ्यङग देखाउनु पर्ने । अझ पनि रातो कै पक्षपातीहुँ । तर विचारलाई भड्काउको रुपमा होईन जीवन दर्शनको रुपमा लिनु पर्छ । अनावस्यक भड्काउपूर्ण सोचाईले व्यक्ती र समाजलाई कही पु¥याउदैन । केवल प्रतिगमनलाई मात्र सघाउ पु¥याउँछ । नेपाली वाम आन्दोलन अझसम्म आक्रोस, उत्तेजना र भड्काउले निर्देशित छ । विश्व कम्युनिष्ट आन्दोलनको वर्तमान हविगत पनि यस्तै हो । सायद विरहीले यही कुरालाई सङकेत गरेका थिए ।

वाम आन्दोलनको एक निरन्तर यात्रीको नाताले मलाई विरहीको त्यो विचारले निकैवेर उद्वेलित वनाईरह्यो । जीवनमा मैले पनि जहाँ वढी रातो देखें त्यतै तिर दौडिएर आफुलाई वर्वाद गरेको थिएँ । विरहीको अनुभव मेरो पनि अनुभव थियो । यस्तो अनुभव भएका अनेक कार्यकर्ताहरु छन् । यस्ता अनुभवहरुको सङकलन र वस्तुनिष्ठ संश्लेषण गर्ने हो भने कम्युनिष्ट आन्दोलनले आफुलाई सच्याउनैपर्छ । तर आजको वाम नेता र उनका सिमालाई हेर्दा अझै बुद्धी फिर्ला जस्तो छैन । उनीहरुमा विरहीले भने जस्तै वढी रातो देखाउने होड छ । समय र अवस्था अनुसारको परिवर्तन छैन । जसले उनीहरुलाई गतिहिनता, गोलचक्कर र कुवाटोमा फसाईरहेछ ।

एकातिर कलाको कोणवाट कविता जस्तो सलल वगेको र अर्कोतिर विचारको हिसावले राजनीति र त्यसमा पनि वाम राजनीतिको सुन्दर आत्मसमीक्षा भएको हुनाले विमोचन समारोहमा वक्ताहरुको देव्रे आँखा प्रति सुक्ष्मदृष्टिकोण थियो ।

विमोचन भएको केही दिनमै मैले पुस्तक पढ्न थालें । शुरु गरेपछि छोड्न मन लागेन । जती पढयो त्यतीत्यती अम्मली बनायो मलाई, पुस्तकले । मानांै भोकाएको व्यक्तीले थालभरीको मिष्ठान्न भोजन पाएको छ । कवि नारायण ढकालले यो पुस्तक छ दिन लगाएर पढ्ने योजना वनाएका रहेछन् । तर शुरु गरेको चौविस घण्टामा अन्त भएछ । मलाई त पुस्तकले यती तान्यो कि केही घण्टाहरुमै पानाहरु सकिए ।
वस्तु जस्तो छ त्यस्तै देखिनको लागि मानिसले दुवै आँखावाट हेर्नु पर्छ । एउटावाट मात्र हेरियो भने वस्तुको सही चित्रण नहुन सक्छ । विरहीले दुवै आँखावाट विषयलाई हेरेका छन् । तर एउटा आँखा त्यसमा पनि देवे्र आँखावाट मात्र विषयलाई हेर्न मन पराउने तत्वलाई विरहीले दह्रो झापड दिएका छन् । अर्को कुरा वामहरुको संवेदनशिल अङगमा सुमसुम्याउने विरोधीहरुको कारणले पनि कम्युनिष्टहरु झन् देव्रेवादी बनेका हुन सक्छन् । जुन कुरा देव्रे आँखाले नदेखे पनि दैनिक घटनाक्रमले प्रष्ट पारेको छ ।

निवन्ध पढ्दै जाँदा वीचमा एक ठाँउमा ठेस लागे जस्तो पनि भयो । ‘चालिस वर्ष पछि’ शिर्षकको निवन्ध अन्यको तुलनामा सामान्य थियो । अर्को एक दोवाटोमा पुस्तक अल्मलिएको देखियो । ‘…दरवार निकटस्थ तर सत्ता विरोधी… पत्रिका…’ भन्ने शव्दले सरकार र सत्तालाई समानान्तर बनाएको देखें । जुन अल्मल हो या अज्ञानता हो वुझ्न सकिन । तर समग्रमा गाडी कतै रोकिएन । लगातार गुडिरहयो । ईतिहासदेखि वर्तमानसम्मको यात्रा निकै रोचक थियो । घोचक पनि थियो । पुस्तकमा वर्णन गरिएका स्थानहरु आफै प्रत्यक्ष घुमे जस्तो । पात्रहरुको चरित्र वर्णन आफैले भोगे जस्तो । घटनाको वर्णन आफै सहभागी भए जस्तो । क्या दामी रहेछ पुस्तक । हुन पनि श्यामलले भने जस्तै ‘अनुभव आधारित निवन्ध अरु कसैले त्यही गहिराईका साथ लेख्न सम्भव हुन्न ।’ जुन विरहीवाट सम्भव थियो ।

कुनै कुनै पुस्तकले जीवनभरी प्रभाव छोड्छन् । कुनैले एउटा कालखण्डसम्म त कुनैले क्षणिक मात्र । ‘देव्रे आँखा’ले कती प्रभाव छोड्ला, त्यो त म भन्न सक्तिन तर ताजै भएर होला प्रेमीप्रेमीकाले एकआपसमा जुनी भरीलाई कसम खाए जस्तो भएको छ, मलाई ।

मलाई रक्सी पटक्कै मन पर्दैन । भट्टीको रक्सी र सिग्रेटको धुँवा मिसिएर आउने दुर्गन्धले त वाक्क नै गराउँछ । मादक पदार्थ आस्था र विश्वास विरोधी कुरा मात्रै होईन स्वास्थ्यको लागि पनि हानिकारकछ भन्ने स्कुलिङको कारण लामो समय देखि म त्यस्तो विषयवाट टाढै छु । विरही कहिले काँही रक्सी पिउँछन् । सिग्रेट त उनको सदावहार आदत नै हो । तर कितावमा विरहीले रक्सी र धुम्रपानको सन्दर्भ जताततै उठाएका छन् । विरहीले आदतलाई मिठो शब्दमा उल्लेख गरेका छन् । मानौं त्यो यस्तो आदत हो जस्ले मिठा शब्दहरु उत्पादन गर्छन् । दिमागवाट फुत्त झरेर आखिरमा एउटा सुन्दर निवन्ध तयार हुन्छ । यदी मैले पनि पिएँ भने त्यस्तै शब्दहरु निस्कन्छन् कि जस्तो भान भयो मलाइ । तर पुस्तक पढे पछि रक्सी प्रतिको देव्रेवादी धारणा चाहीं हटेकोछ ।

वि.सं.२०७२ फागुन १८ मंगलवार १४:०० मा प्रकाशित

You can share this post!

पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइन-महासचिव गुटेर्रेस

पाकिस्तानको जस्तो जलवायु नरसंहार कहिल्यै देखेको थिइन-महासचिव गुटेर्रेस

वि.सं.२०७९ भदौ २६ आइतवार ०९:०३

काठमाडौ, २६ भदौसंयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले बाढीग्रस्त पाकिस्तानको...

मेश थापा र आशा लामाको दशैँ गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक

मेश थापा र आशा लामाको दशैँ गीत ‘आउन पाईन सम्झेर नरुनु’ सार्वजनिक

वि.सं.२०७९ भदौ २४ शुक्रवार १६:११

काठमाडौं, २४ भदौ । गायक रमेश थापा र गायिका आशा...

ब्याजदरमा भद्र सहमति, अभद्र व्यवहार किन ? आफ्नो प्रश्न आफै अनुत्तरित !

ब्याजदरमा भद्र सहमति, अभद्र व्यवहार किन ? आफ्नो प्रश्न आफै अनुत्तरित !

वि.सं.२०७९ भदौ १६ बिहीवार ०७:५१

मनोज ज्ञवाली बैकिङ्गको निक्षेप रकममा अपेक्षित सुधार भएको छैन। गत...

‘नयाँ ट्याक्सीको दर्ता खोल्दा एकाधिकार तोडिन्छ, जनता ठगिने काम पनि रोकिन्छ’

‘नयाँ ट्याक्सीको दर्ता खोल्दा एकाधिकार तोडिन्छ, जनता ठगिने काम पनि रोकिन्छ’

वि.सं.२०७८ चैत २१ सोमवार ०८:३२

अनुषा थापा,  कसैलाई अस्पताल जानपप्यो वा कोही हतारोमा छ भने...

‘अब हरेक नागरिकले राज्यलाई कर तिर्न सुरु गरौं, विकासका लागि विदेशी ऋणको आवश्यकता पर्दैन’

‘अब हरेक नागरिकले राज्यलाई कर तिर्न सुरु गरौं, विकासका लागि विदेशी ऋणको आवश्यकता पर्दैन’

वि.सं.२०७८ चैत १७ बिहीवार १२:२३

अनुषा थापा, नेपाल सरकारले विदेशी राष्ट्रसंग लिएको ऋण बढ्दो छ...

‘राज्यले नेपाली विद्यार्थी बाहिर नपठाउने हो भने अर्थतन्त्रमा सुधार हुन्छ’

‘राज्यले नेपाली विद्यार्थी बाहिर नपठाउने हो भने अर्थतन्त्रमा सुधार हुन्छ’

वि.सं.२०७८ चैत १४ सोमवार १३:१७

अनुसा थापा, भक्तपुर पछिल्लो समय धेरैजसोको आकर्षित मुलुक अमेरिका र...