
काठमाण्डौं । स्थानीय बजारमा सुनको मुल्य एकै पटक प्रतितोला १ हजार रुपैयाँले घटेर ५५ हजार ५ सय पुगेकोछ ।
हिजो मंगलाबार प्रतितोला ५६ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ५५ हजार ५ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, चाँदीको मुल्य आज प्रतितोला ५ रुपैयाँले घटेको छ । स्थानीय बजारमा चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोवार भइहरेको महासंघले जनाएको छ ।
१९ फागुन २०७२, १२.००
वि.सं.२०७२ फागुन १९ बुधवार १३:३९ मा प्रकाशित