back

जिविसको बजेट ५ अर्ब ३१ करोडभन्दा बढी

Kumari bank ad

ललितपुर । आव २०७३/७४ का लागि जिल्ला विकास समिति ललितपुरको कुल बजेट पाँच अर्ब ३१ करोड ७२ लाख ९० हजार रूपैयाँ हुने भएको छ ।

जिविसले २५औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरण गरी यसको जानकारी दिइएको हो । कुल बजेटमध्ये आन्तरिक आयतर्फ १३ करोड २७ लाख ५८ हजार रूपैयाँ रहेको स्थानीय विकास अधिकारी पशुपति पोखरेलले बताए ।

यसैगरी, नेपाल सरकारबाट प्राप्त अनुदान ३६ करोड ९२ लाख २० हजार रूपैयाँ छ । प्राप्त अनुदानबाट निर्वाचन क्षेत्र विकास कार्यक्रमतर्फ चार करोड ९५ लाख रूपैयाँ खर्च गरिने भएको छ ।

यसैगरी, सामाजिक सुरक्षा कार्यक्रमतर्फ पाँच करोड ५० लाख रूपैयाँ प्राप्त अनुदानबाटै खर्च गरिने उनले बताउनुभयो । अन्य अनुदानतर्फ ७४ लाख र भारतीय राजदूतावासबाट कार्यक्रमका लागि दुई करोड ९० लाख रूपैयाँ रहेको छ ।

कुल बजेटमध्ये चालुतर्फ १५ करोड ६६ लाख ५२ हजार र पुँजीगततर्फ ३४ करोड ५३ लाख २६ हजार रूपैयाँ प्रस्तावित छ । प्रस्तावित बजेटको ३१ दशमलव २१ प्रतिशत चालु बजेट र ६८ दशमलव ७९ प्रतिशत पुँजीगत बजेट रहेको अधिकारी पोखरेलले जानकारी दिए ।

यसैगरी, सडकतर्फ ३९ करोड २० लाख, खानेपानी शीर्षकमा ४५ लाख, सिँचाइअन्तर्गत पाँच लाख, भवन निर्माणतर्फ एक करोड २५ लाख रूपैयाँ बजेटमा समावेश गरिएको छ । यस्तै, भौतिक पूर्वाधार निर्माणतर्फ एक करोड २५ लाख तथा बालबालिका शीर्षकमा २१ करोड ४२ लाख रूपैयाँ छुट्याइएको छ ।

बजेटले महिला शीर्षकमा २२ करोड ६८ लाख रूपैयाँ तथा अन्य लक्षित समूह कार्यक्रमतर्फ ४७ करोड २५ लाख रूपैयाँ रकम रहेको छ ।बजेटले कृषितर्फ ३४ करोड ४४ लाख रूपैयाँ रकम छुट्याएको छ ।

यसैगरी, चालु आवभित्र १५ करोड ५४ लाख ८४ हजार रूपैयाँ राजस्व सङ्कलन गर्ने अनुमान गरिएको छ । यो रकम आव २०७१/७२ को यथार्थ १४ करोड दुई लाख ३९ हजार रूपैयाँ भन्दा १० दशमलव ८७ प्रतिशतले बढी र आव २०७२÷७३ को अनुमानित १६ करोड ४७ लाख ६८ हजार रूपैयाँभन्दा ५ दशमलव ६३ प्रतिशतले न्यून रहेको जनाइएको छ ।

यसैगरी, आव २०७३/७४ को बजेट तर्जुमा गर्दा विभिन्न क्षेत्रलाई प्राथमिकता दिएको छ । बजेटले नवीकरणीय ऊर्जाको प्रवद्र्धन, भूकम्पपछिको पुनःनिर्माण, विपद् न्यूनीकरण, कृषि क्षेत्रको आधुनिकीकरण, पिछडिएको जाति, समुदाय तथा भौगोलिक क्षेत्रको उत्थान एवम् विकासमा जोड दिएको छ ।

रोजगारमुखी समावेशी आर्थिक विकासमा समेत बजेटको प्राथमिकता रहेको छ । रासस

२० फागुन २०७२, ११.००

वि.सं.२०७२ फागुन २० बिहीवार १२:३५ मा प्रकाशित

You can share this post!

जटायु रेष्टुराँका कारण बढ्यो गिद्धको सङ्ख्या   

जटायु रेष्टुराँका कारण बढ्यो गिद्धको सङ्ख्या   

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:१८

नवलपुर, १८ मङ्सिर : लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि...

छुटाउनुभयो कि ? हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुटाउनुभयो कि ? हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८० मंसिर १८ सोमवार ०८:१०

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई मंसिर...

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना   

सिमरा विमानस्थलमा रिफ्युलिङ सेन्टर स्थापना   

वि.सं.२०८० मंसिर १८ सोमवार ०६:४०

बारा (सिमरा) १७ मङ्सिर : सिमरा विमानस्थलमा हवाइ इन्धनको रिफ्युलिङ...

जलवायु सम्मेलनमा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता   

जलवायु सम्मेलनमा सहभागी भई प्रधानमन्त्री स्वदेश फिर्ता   

वि.सं.२०८० मंसिर १८ सोमवार ०६:३३

काठमाडौँ, १७ मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी...

आज १८ मंसिर २०८० सोमवार, यस्तो छ आजको राशिफल

आज १८ मंसिर २०८० सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८० मंसिर १८ सोमवार ०६:२२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा   

वि.सं.२०८० मंसिर १७ आइतवार १८:१२

काठमाडौँ, १७ मङ्सिर : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण...