back
SKIP
prime bank ad

पहाडी जिल्लामा मरुभूमिको ऊँट

Kumari bank ad

स्याङ्जा । स्याङ्जा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारदेखि चौथो क्षेत्रीय स्याङ्जा महोत्सव सुरु भएको छ । स्याङ्जा महोत्सवको आधार, पर्यटन तथा कृषि नै आर्थिक प्रगतिको पूर्वधार भन्ने मूलनाराका साथ बिहीबारदेखि ३० गतेसम्म महोत्सव सञ्चालन हुनेछ ।

महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले सरकारको नीति नियमका कारण निजी क्षेत्रले खुलारुपमा काम गर्न नसकेको बताए । तराईमा जारी आन्दोलनका कारण औद्योगिक क्षेत्र धरासायी बनेको र मुलुकको आर्थिक पाटो पनि घट्दो र निराशाजनक अवस्थामा पुगेकोमा अध्यक्ष मुरारकाले बताए ।

कार्यक्रममा महासङ्घका उपाध्यक्ष दिनेशलाल श्रेष्ठ, पूर्व अध्यक्ष आनन्दराज मुल्मी, केन्द्रीय सदस्य दीपक लम्साल, आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि ढकाल, मुक्तिनाथ विकास बैंकका कार्यकारी अधिकृत भरतराज ढकाल, व्यापार प्रवद्र्धन केन्द्रका निर्देशक ईश्वरी घिमिरेलगायतले समृद्ध स्याङ्जा निर्माणमा जुट्नुपर्नेमा बताए । स्याङ्जाको आर्थिक तथा सामाजिक उत्थान, उद्योग व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा संस्कृतिको प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको हो ।

महोत्सवमा बाल उद्यान, पर्यटन, सांस्कृतिक कार्यक्रम, स्थानीय भेषभूषाको प्रदर्शनी, अन्तर माध्यमिक विद्यालयस्तरीय नृत्य, दोहोरीगीत प्रतियोगिता, राष्ट्रिय लोकदोहोरी, आधुनिक गीत, कलाकार, अटोमोबाइल लगायतका आकर्षण रहेका छन् ।

महोत्सवमा सुन्तला, कफी, ताजा तरकारी, अदुवा तथा जडीबुटीको प्रदर्शनी गरिने उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुवेदीले जानकारी दिए । महोत्सवमा राजस्थानको ऊँट, अस्ट्रिच, चौँरीगाई, चराचुरुङ्गी, प्याराग्लाइडिङ, माछा महोत्सव मुख्य आकर्षणको केन्द्र रहने सुवेदीले जानकारी दिए । रासस

२१ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २१ शुक्रवार १०:१९ मा प्रकाशित

You can share this post!

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

एभरेष्ट बैंक र निरभाना फिजियोथेरापी एण्ड वेलनेस सेन्टर बिच विशेष छुट प्रदान गर्ने सम्झौता

वि.सं.२०८० असोज १२ शुक्रवार १६:१६

काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र निरभाना फिजियोथेरापी एण्ड वेलनेस...

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:५०

काठमाडौँ, १२ असोज : पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा...

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

रिचेत जलविद्युत कम्पनीले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८० असोज १२ शुक्रवार १४:४२

काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

मुक्तिनाथ कृषि कम्पनीले १४ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डबाट पायो स्विकृति

वि.सं.२०८० असोज १२ शुक्रवार १४:२०

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ...

एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने   

एकीकृत समाजवादीले जागरण अभियान सञ्चालन गर्ने   

वि.सं.२०८० असोज १२ शुक्रवार १४:०५

काठमाडौँ, १२ असोज : नेकपा (एकीकृत समाजवादी) ले यही असोज...

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन

कीर्तिपुरमा गरिमा विकास बैंकको १२२औं शाखा कार्यालय संचालन

वि.सं.२०८० असोज १२ शुक्रवार १४:००

काठमाडौं । गरिमा विकास बैंकले देशको विभिन्न स्थानमा शाखा विस्तार...