back
mega bank Ad
Hero Ad

भक्तपुरको कुल बजेट २ अर्ब ८७ करोड

रसिला होमागाई 

भक्तपुर । जिल्ला विकास समिति भक्तपुरले २८ औं जिल्ला परिषदको निर्णय शुक्रबार एक कार्यक्रमको आयोजना गरेर सार्वजनीक गरेको छ ।

आ.व २०७३/७४ का लागि जिल्ला विकास समिति भक्तपुरको कुल बजेट रु २ अर्ब ८७ करोड ५६ लाख ३६ हजार हुने भएको छ ।

जिविसद्वारा आयोजित २७ औँ जिल्ला परिषद्को निर्णय सार्वजनिकीकरणमा कुल बजेटमध्ये आन्तरिक आयतर्फ रु ५ करोड ११ लाख १६ हजार रहेको स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले बताए । नेपाल सरकारबाट प्राप्त अनुदान रु १९ करोड २९ लाख ४३ हजार रहेको छ ।

कुल बजेटमध्ये चालुतर्फ रु ३ करोड ३६ लाख १७ हजार र पुँजीगततर्फ रु २१ करोड ४ लाख ९९ हजार प्रस्ताव गरिएको छ । प्रस्तावित बजेटको १३ दशमलव ७७ प्रतिशत चालु बजेट र ८६ दशमलव २३ प्रतिशत पुँजीगत बजेट रहेको स्थानीय विकास अधिकारी कोइरालाले जानकारी दिएका छन् ।

यसैगरी, आव २०७३÷७४ को बजेट तर्जुमा गर्दा विभिन्न क्षेत्रलाई प्राथमिकता दिएको छ । उक्त बजेटले भूकम्पपछिको पुनःनिर्माण, विपद् न्यूनीकरण, कृषि क्षेत्रमा हुने विषादी प्रयोग शुन्य लगायतका विभिन्न योजना बजेटको प्राथमिकता रहेको छ ।

२१ फागुन २०७२ / ५:४५

वि.सं.२०७२ फागुन २१ शुक्रवार १८:३५ मा प्रकाशित

You can share this post!

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

लक्ष्मी बैंकको नयाँ एक्स्टेन्सन काउण्टर संखुवासभा जिल्लाको गोला बजारमा

वि.सं.२०७९ मंसिर १२ सोमवार २०:३५

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो संजाल विस्तार गर्ने क्रममा आफ्नो...

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको २ दिने बीमा सचेतना कार्यक्रम सम्पन्न

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:१५

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदुरपश्चिम प्रदेशको बझाङमा...

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

सिम परिवर्तन गर्न चाहनेलाई नेपाल टेलिकमको निःशुल्क ई–सिम वितरण

वि.सं.२०७९ मंसिर १२ सोमवार १६:०६

काठमाडौं । नेपाल टेलिकमले यही मंसीर ८ गतेदेखि ग्राहकहरुको रुचि...

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

३५ दिनभित्र खर्च विवरण बुझाउन प्रदेश र प्रतिनिधिसभाका उम्मेदवारलाई आयोगको निर्देशन

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४९

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार भएकाहरूलाई...

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक बैंकको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:४४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एभरेष्ट बैंकको मूल्य समायोजन...

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

नेप्सेद्वारा यी दुई कम्पनीको शेयर कारोबार फुकुवा

वि.सं.२०७९ मंसिर १२ सोमवार १५:३५

काठमाडौं । मर्जरका कारण नेप्सेमा शेयर कारोबार रोकिएका नेपाल क्रेडिट...