back

जो जन्ती गएका थिए मलामि बनेर फर्किए

बर्दिया । बर्दियामा जन्ती बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। अन्य २० जना घाइते भएका छन्।

दुलही लिएर बर्दियाको धधवार–७ दुध्धाबाट बबई नगरपालिका–१० शाहीपुर फर्किदै गरेको भे १ ख ८५४ नम्बरको जन्ती बस गएराति ११ बजेतिर बबई नगरपालिका–६ मैनवार भन्ने ठाउँमा पल्टिदा चारजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी नायक निरिक्षक दुर्गा भट्टले जानकारी दिए।

दुर्घटनामा १९ वर्षीय सन्तोष थारु, १९ वर्षकै निरज थारु, १४ वर्षीय अरुण थारु र  १७ वर्षीय बिष्णु थारुको घटनास्थलमै मृत्यु भएको भट्टले बताए।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ। घाइतेहरु मध्ये १० जनाको अवस्था गम्भीर रहेको छ। बस र चालक नारायण पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार बेहुला र बेहुली अर्को सवारी साधनमा भएकाले उनीहरु सकुशल छन्।

त्यस्तै  गएराती डडेल्धुराको मणिलेकमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

मणिलेकबाट सदरमुकाम जाँदै गरेको से १ ज ७०६ नम्बरको जीप गएराति मणिलेक–१ रडुवामा दुर्घटना भएको हो। दुर्घटना हुँदा मणिलेक–२ का ३० वर्षीय  गाडी चालक सेरु भुल, मणिलेक–३ का ३४ वर्षीय छबिलाल अबस्थी र मणिलेक–१ का ३२ वर्षीय खडक राज अबस्थीको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक बिपिन कर्माचार्यले जानकारी दिए।

दुर्घटनामा गम्भीर घाइते भएका मणीलेक–१ कै गाडी धनि गणेश अवस्थीलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। जीप सडकबाट  तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

प्रकाशितः२०७२ फाल्गुन २३

वि.सं.२०७२ फागुन २३ आइतवार १०:२७ मा प्रकाशित

You can share this post!

सौराहमा घटे पर्यटक   

सौराहमा घटे पर्यटक   

वि.सं.२०८० असोज ७ आइतवार १३:५६

चितवन ७ असोज : सौराहका पर्यटन व्यवसायीका लागि असोज ‘सिजन’को...

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

एनआरएनए सचिव पदका उम्मेदवार पन्थ युरोपमा

वि.सं.२०८० असोज ७ आइतवार १३:२४

काठमाडौं । गैह्र आवासीय नेपाली संघ(एनआरएनए) को हुन गइरहको अधिवेशनमा...

राहुघाट जलविद्युत् आयोजना :  १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

राहुघाट जलविद्युत् आयोजना : १४ वर्षमा ६० प्रतिशत भौतिक प्रगति   

वि.सं.२०८० असोज ७ आइतवार १३:१३

म्याग्दी, ७ असोज : नेपाल विद्युत् प्राधिकरणद्वारा निर्माणाधीन ४० मेगावाट...

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

एसियाडः पहिलो स्वर्ण चीनको खातामा   

वि.सं.२०८० असोज ७ आइतवार १२:५५

हाङ्झाउ, ७ असोज  : आयोजक राष्ट्र चीनले आइतबार एसियाली खेलकुदको...

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

सातै प्रदेशको सहभागितामा स्टार्टअप एण्ड आइडिया फेस्ट २०२३ आयोजना हुदै

वि.सं.२०८० असोज ७ आइतवार १२:४८

काठमाडौं । असोज १९ र २० गते काठमाडौंको बानेश्वर बैंकुटमा...

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी   

वि.सं.२०८० असोज ७ आइतवार १२:३७

वासुदेव पौडेल गण्डकी, ७ असोज : उत्तरतर्फ हिमाल दिनानुदिन खुल्दै...