back

हेटौँडामा मनोज गजुरेलले हसाउँने, प्रमोद खरेल, हेमन्त शर्मा र सरिमा श्रेष्ठले छमछमी नचाउने

हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको रौनक दीनानुदीन बढीरहेको आयोजकले जनाएको छ ।

मेलामा दैनिक जसो राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको छ । मेला भर्नका लागि मकवानपुर र आसपासका जिल्लाहरुबाट समेत दर्शकहरु आउने क्रम जारी रहेको छ । मेलामा आज सोमबार हास्यकलाकार मनोज गजुरेलले हसाउनेछन भने गाएक प्रमोद खरेल,हेमन्त शर्मा र सरिमा श्रेष्ठले मनोरन्जन प्रदान गर्नेछन् । मेलाको चौथो दिन करिब ९ हजार पाँचसयले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ । चौथोेदिन करिब १३ लाख रुपियाँ बराबरको कारोवार भएको संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले बताए ।

आईतबार हास्यकलाकारद्वय केशव सापकोटा र अस्मिता बस्नेतले दर्शकहरुलाई हास्यव्यङ्ग्यमार्फत मनोरञ्जन दिएका थिए । चर्चित लोकगायिका माण्डवी त्रिपाठी, ¥यापर गिरिश खतिवडा, गायक राज सिग्देलले दर्शकहरुलाई रमाइला गीतहरु गाएर मनोरञ्जन दिलाएका थिए ।

हेलीकोप्टरमा आकर्षण उस्तै

उद्योग वाणिज्य संघ मकवानपुरले जिल्लामै पहिलो पटक हेलीकोप्टरबाट सिटी टुरको व्यवस्था गरेपछि हेलीकोप्टर चढ्न वालकदेखि वृद्धसम्म पुगेका छन् । हेलिकप्टरमा आइतबार मात्रै २३ जनाले घुमेर मनोरञ्जन लिएको हेलिकप्टर व्यवस्थापन समितिका संयोजक उज्ज्वल चौलागाईले बताए । यसअघि दैनिक ४ देखि ७ पटकसम्म उडान हुने गरेको थियो । चौलागाईकाअनुसार हेलिकप्टरले ६ जनालाई आ–आफ्नो घरसम्म पु¥याएर छाडीएको छ । शारीरीक रुपमा अशक्त वृद्धबृद्धालाई घरमै पुयाईएको संयोजक चौलागाईले जानकारी दिए । हेलीकोप्टरबाट मकवानपुरको ऐतीहसिक मकवानपुर गढी, भैरबडाडा भ्यु टावर, शहिद स्मारक र औद्योगिक व्यापार मेलाको अवलोकन गर्न सकिनेछ ।

मेलाको आकर्षणको रुपमा एनिमेट्रोनिक डाइनोसर, माँ बैष्णव मन्दिर, बालउद्दान, चिडियाखाना, खानाका विभिन्न परिकारका साथै अटो, हर्वल, महिला उद्दमी, घरेलु, रेडिमेड, आइस्क्रिम, का साथै कृषि कार्यालयले जिउँदो माछा तथा कृषि उत्पादनहरु प्रदर्शनीका लागि राखिएको थियो भने खानाका नौलो परिकार चाख्नेहरुको पनि भीड उत्तिकै रहेको थियो । राष्ट्रिय औद्योगिक ब्यापार मेला २० गतेबाट ३० गतेसम्म चल्नेछ ।

आज पञ्चेवाजा प्रतीयोगीता हुँदै
मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा भोली आज सोमबार लोपोन्मुख पञ्चेबाजा प्रतियोगिता हुने भएको छ ।

जिल्ला विकास समितिको आर्थिक सहयोगमा जिल्लाभर रहेका समितिअन्र्तगत रहेको पर्यटन बिकास समितिको समन्वयमा प्रतियोगता आयोजना हुन लागेको पञ्चेबाजा संयोजक माधव न्यौपानेले बताउनुभयो । मकवानपुर उद्योग बाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक ब्यापार मेलाको अवसरमा आज प्रतियोगिता हुन लागेको हो ।

दलितहरुलाई ब्यवसायीकतातर्फ उन्मुख गराउन प्रतियोगिताले सहयोग पु¥याउने आशा गरिएको पञ्चेबाजा प्रतियोगिता संयोजक न्यौपानेले बताउनुभयो । मेलाको पूर्वाधमा निकालिएको ¥यालीमा सहभागी ६ वटा पञ्चेबाजा नौमति समूहले सहभागिता जनाएको ६ वटा टिमबीचमा प्रतिष्पर्धा हुने संयोजक न्यौपानेले बताउनुभयो । प्रतियोगिताको प्रमुख अतिथि सांसद् अनन्तप्रसाद पौडेल रहनेछन भने निर्णायकहरुमा प्रताप बिष्ट, तुलसी थापा, बिष्णु परियार, आशाकाजी श्रेष्ठ, जिविसका रामकृष्ण थापा र मेलाको तर्फबाट संयोजक न्यौपाने रहने छन् ।

हेटौंडा आइडलमा १५ जना छनोट
मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको चौथो दिन हेटौंडा आइडलको छनोटमा १५ जना छनोट भएका छन् ।

१७ प्रतिष्पर्धीमध्ये आईतबारको छनोटमा १५ जना छनोट भएको हेटौंडा आइडलका संयोजक दीपक शर्मा ढकालले बताए ।
आईतबार छनोट भएकाहरुमा मनमाया वाइबा, वीरजित लामा, दिपेश श्रेष्ठ, सरु श्रेष्ठ, विजय लामा, लक्ष्मी स्याङतान रहेको संयोजक ढकालले जानकारी दिए ।

त्यसैगरी राजकुमार विक, दिपराज केसी, ध्रुव पण्डित, रोशन सुनार, सृजना सापकोटा, हृदयश बस्नेत, नरलाल पाख्रिन, मिग्मा लामा, र असिम सुवेदी छनोट भएका हुन् ।

आज आईतबार प्रतियोगिताबाट बाहिरिनेमा राजेश ढुंगाना र रिचा बानियाँ रहेको संयोजक ढकालले बताए ।

प्रभुको मेलामा रिचार्ज सेवा
मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलामा शनिबारदेखि प्रभु रिचार्ज सेवा सुरु गरिएको छ ।

मेलामा आउने दर्शकहरुलाई सहज बनाउनका लागि मकवानपुरमा पहिलो पटक प्रभुले यो सेवा सुरु गरेको डिलर प्रमूख प्रभुराम कोइरालाले बताए ।
प्रभुले १० रुपियाँदेखि माथिको रिचार्ज जुनसुकै कम्पनीको सिममा रिचार्ज गर्न सकिने डिलर प्रमूख कोइरालाले बताए । प्रभूले एनटिसी, एनसेलको प्रिपेड र पोष्टपेडमा रिचार्ज, एडीएसएल, स्मार्टफोन, विद्युत विल तिर्न, डिसहोम रिचार्ज गर्नेलगायतका सम्पूर्ण सुविधा दिने गरेको डिलर प्रमूख कोइरालाले जानकारी दिनुभयो । प्रभूले केहीदिनमै हेटौंडामा यो सेवा विस्तार गर्ने कोइरालाको भनाई छ ।

२४ फागुन २०७२

वि.सं.२०७२ फागुन २४ सोमवार ११:३६ मा प्रकाशित

You can share this post!

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ग्राहकहरूले आईएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने

वि.सं.२०८० असोज ७ आइतवार १६:२५

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमईसंगको सहकार्यमा आफ्नो मोबाइल...

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८० असोज ७ आइतवार १६:१३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

वि.सं.२०८० असोज ७ आइतवार १५:३४

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट...

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

चिलिमे-त्रिशूली २२० केभी प्रसारणलाइन पुसभित्र सक्न समयसीमा तय  

वि.सं.२०८० असोज ७ आइतवार १५:२८

काठमाडौँ ७ असोजः त्रिशूली चिलिमे र सहायक नदीहरुको बिजुली राष्ट्रिय...

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

सेयर बजारमा १९ अंकको गिरावट, एक कम्पनीमा लाग्यो नकरात्मक सर्किट

वि.सं.२०८० असोज ७ आइतवार १५:२२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

माछापुच्छ्रे बैंकको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८० असोज ७ आइतवार १५:११

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...