
काठमाडौं । नेपालका लागि विश्व बैंकका नवनियुक्त देशीय निर्देशक सिम्यो फ्यानले आजदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।
उनलाई भुटान र बङ्गलादेशस्थित बैंकको जिम्मेवारी पनि सम्हाल्ने गरी नियुक्त गरिएको बैंकले जनाएको छ । नयाँ देशीय निर्देशकको नियुक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र नेपाल सरकारका वरिष्ठ अधिकारीलाई जानकारी गराइएको बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बर्मिङघम विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका सिम्यो चिनियाँ नागरिक हुन् । उनले सन् १९९१ मा विश्व बैंकमा सेवा प्रारम्भ गरेका थिए ।यसअघि उनले युक्रेन, बेलारुस र मोल्डोभास्थित उक्त बैंकको देशीय निर्देशकका रुपमा काम गरि सकेका छन् ।
वि.सं.२०७२ फागुन २५ मंगलवार १७:४० मा प्रकाशित