back
SKIP
prime bank ad

औद्यौगीक मेलामा ११ करोड ५७ लाखको कारोवार

Kumari bank ad

हेटौँडा । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको पाँचौें दिन सोमबारसम्म ११ करोड ५७ लाखको कारोबार भएको छ । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेका अनुसार अटोमा मात्रै ८ करोड १६ लाख, बाल उद्यान, डाइनोसर, चिडियाघरमा १ करोड ६६ लाख, आइटी, रेडिमेड, होटल, कृषि, आईस्क्रिमलगायत विभिन्न स्टलमा १ करोड २३ लाख रुपियाँको कारोबार भएको छ ।
मेलाको पाँचौंदिनसम्म एकलाख दर्शकले मेला अवलोकन गरिसकेको मकवानपुर उद्योग वाणिज्य संघ महासचिव तथा मेलाका प्रवक्ता महेन्द्र राउतले बताए । सोमबार मात्रै ३२ हजारले मेला अवलोकन गरेका छन् भने ५२ लाखको कारोवार भएको संघका अध्यक्ष तथा संयोजक न्यौपानेले बताए ।
सोमबार हास्यकलाकार मनोज गजुरेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भेषमा दर्शकहरुलाई पेट मिचिमिचि हसाएका थिए । अन्य चर्चित गायकहरु प्रमोद खरेल, लोक गायक हेमन्त शर्मा तथा गायिका सहिमा श्रेष्ठले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिएका थिए ।
मेलामा चुरेहिल अस्पताल प्रालिले ३ सय जनाको स्वास्थ्य परिक्षण गरेको छ । परिक्षणमा १ सय ५० जनाको ब्लडप्रेसर, ८० जनालाई मेडिसिन र अन्य चोटपटकको औषधीउपचार गरिएको चुरेहिल अस्पतालले जनाएको छ ।
त्यस्तै हेटौंडा अस्पतालले पनि ५७ जनालाई निःशुल्क सेवा दिएको छ । जसमध्ये ९ जनाको प्राथमिक उपचार, ३२ जनाको ब्लडप्रेसर र २६ जनालाई औषधी वितरण गरेको हेटौंडा अस्पतालकी स्टाफ नर्स पूजा रिजालले बताइन् । त्यस्तै युनियन ड्रग हाउसले साधारण चेकअप ४० जना, औषधी वितरण ३२ जना र ब्लप्रेसर चेकजाँच ४६ जनाको गरिएको युनियन ड्रग हाउसका रवि कार्कीले बताए । जिल्ला रेडक्रसले पनि १६ जनालाई प्राथमिक उपचार गरिएको बताइएको छ ।
त्यस्तै जिल्ला कृषि कार्यालयले जिल्लामा उत्पादन विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखिएको थियो । त्यसैगरी मेलामा सूचनाप्रविधि सम्बन्धी विभिन्न मोवाइल, कम्प्युटर र इन्टरनेटसम्बन्धी सामाग्रीहरु प्रदर्शनीमा राखिएको उद्योग वाणिज्य संघका महासचिव तथा प्रवक्ता महेन्द्र राउतले बताए ।
त्यसैगरी हेलिकप्टरमा सोमबार ५५ जनाले घुमेर मनोरञ्जन लिएको हेलिकप्टर व्यवस्थापन समितिका संयोजक उज्ज्वल चौलागाईले बताए । चौलागाईका अनुसार हेलिकप्टर यही २६ गते बुधबारसम्म मात्र रहने भएकोले हेलिकप्टर चडेर मनोरञ्जन लिन चाहानेले समयमै सम्पर्क राख्नुपर्नेछ ।

मेलाको आकर्षणको रुपमा एनिमेट्रोनिक डाइनोसर, माँ बैष्णव मन्दिर, बालउद्यान, चिडियाखाना, खानाका विभिन्न परिकारका साथै अटो, हर्वल, महिला उद्यमी, घरेलु, रेडिमेड, आइस्क्रिमका साथै कृषि कार्यालयले जिउँदो माछा तथा कृषि उत्पादनहरु प्रदर्शनीका लागि राखिएको थियो भने खानाका नौलो परिकार चाख्नेहरुको पनि भीड उत्तिकै रहेको छ ।

राष्ट्रिय औद्योगिक ब्यापार मेला फागुन २० गतेबाट ३० गतेसम्म चल्नेछ ।

वि.सं.२०७२ फागुन २५ मंगलवार १९:१९ मा प्रकाशित

You can share this post!

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य   

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य   

वि.सं.२०८० असोज ११ बिहीवार २०:५०

गण्डकी, ११ असोज : गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको...

भोली शुक्रबार सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय

भोली शुक्रबार सार्वजनिक विदा दिने प्रदेश सरकारको निर्णय

वि.सं.२०८० असोज ११ बिहीवार २०:४६

विराटनगर, ११ असोज । कोशी प्रदेश सरकारले भोली असोज १२...

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी   

चार महिनापछि सौर्य सिमेन्टको चुनढुङ्गा ढुवानी गर्ने तयारी   

वि.सं.२०८० असोज ११ बिहीवार २०:३७

कटारी (उदयपुर), ११ असोज : उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट...

विद्यार्थीमा स्क्रब टाइफस देखिएपछि दुई दिन  विद्यालय बन्द   

विद्यार्थीमा स्क्रब टाइफस देखिएपछि दुई दिन विद्यालय बन्द   

वि.सं.२०८० असोज ११ बिहीवार २०:२६

वालिङ (स्याङ्जा), ११ असोज : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–६ मा रहेको...

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

ग्लोबल आइएमई बैंकको ६६औँ एक्सटेन्सन काउन्टर गुल्मीको इन्द्रेगौंडामा

वि.सं.२०८० असोज ११ बिहीवार २०:२२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गुल्मी जिल्लाकोे मुसीकोट नगरपालिका...

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

नेपाली युवा प्रज्वल ताम्राकारलाई ‘मिस्टर कन्जेनिलिटी’ अवार्ड

वि.सं.२०८० असोज ११ बिहीवार २०:१५

काठमाडौं । नेपाली युवा प्रज्वल ताम्राकारलाई १५औं मिस्टर इन्टरनेशनल २०२३...