back

बेलायती राजकुमार एक दिन अगावै नेपाल आउँदै, के के गर्नेछन् उनले ?

Kumari bank ad

काठमाण्डौं । बेलायतकी महारानीका तर्फबाट पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्न लागेका राजकुमार ह्यारीकोे विस्तृत भ्रमण तालिका बेलायत सरकारले सार्वजनिक गरेको छ ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीको अवसर पारेर राजकुमार ह्यारीको आगामी चैत ६ देखि १० गतेसम्म नेपालको औपचारिक भ्रमण हुन लागेको हो ।

राजकुमार ह्यारी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले चैत ६ गते साँझ आयोजना गर्नुहुने स्वागत समारोहमा सरिक हुनेछन । उक्त समारोहमा उहाँले मन्त्रिपरिषद्का सदस्य तथा वरिष्ठ सरकारी अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको यहाँस्थित बेलायती राजदूतावासले आज जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले चैत ७ गते राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेटगर्ने कार्यक्रम छ । राजकुमार ह्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन ।

नेपाल बसाइका क्रममा राजकुमार ह्यारीले पाटन र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रको अवलोकनका साथै भूकम्पबाट प्रभावित ऐतिहासिक स्मारकहरुको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी लिनेछन ।

त्यसैगरी, उनले भूकम्पपीडितको अस्थायी पुनःस्थापना केन्द्र, सानोठिमी प्राविधिक शिक्षालय, कान्ति बालअस्पतालको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

उक्त दूतावासका अनुसार राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्नेछन भने पोखरास्थित गोर्खा सैनिक क्याम्प पुगेर बेलायती राजमुकुटका निम्ति आफ्नो प्राण उत्सर्ग गरेका वीर गोर्खाप्रति श्रद्धाञ्जलि अर्पण गर्नछन । राजकुमारबाट हिमालयको दृश्यावलोकन, जलयात्रा तथा पोखराबाट पदयात्रा, भूकम्पबाट पीडित गोर्खा सैनिकका परिवारसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।

त्यसैगरी, चैत १० गते राष्ट्रपति भण्डारी र राजकुमारबाट काठमाडौँमा आयोजना हुने बालिका सम्मेलनको संयुक्तरुपमा उद्घाटन हुनेछ ।

राजकुमार आफ्नो सम्मानमा नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले आयोजना गर्नै स्वागत समारोहमा सरिक हुने र समारोहलाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ । रासस

२६ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन २६ बुधवार ११:२४ मा प्रकाशित

You can share this post!

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

‘एनआईसी एसिया ग्रोथ फन्ड-२’ले १ अर्ब रुपैयाँको इकाई बिक्री गर्ने

वि.सं.२०८० असोज १६ मंगलवार ११:३४

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईसी...

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित   

वि.सं.२०८० असोज १६ मंगलवार ११:१३

काठमाडौँ, १६ असोज: चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत...

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

डिजिटल वित्तीय सेवा प्रयोग सम्बन्धि राष्ट्र बैंक जारी गर्यो यस्तो सूचना

वि.सं.२०८० असोज १६ मंगलवार ११:०४

काठमाडौं । नेपाल राष्ट्र बैंकले सजग भई डिजिटल वित्तीय सेवा...

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८० असोज १६ मंगलवार १०:५१

काठमाडौं । आज असोज १६ गते मंगलबार सुनको भाउमा गिरावट...

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई  ५० हजार जरिवाना   

नदीजन्य पदार्थको अवैध उत्खनन गर्नेलाई ५० हजार जरिवाना   

वि.सं.२०८० असोज १६ मंगलवार १०:४२

कञ्चनपुर, १६ असोज : नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गर्नेलाई कृष्णपुर...