
काठमाण्डौं । ग्लोबल आईएमईसहित १० बैंकहरुको लगानी रहेको मेरो माईक्रोफाईनान्सको ६ लाख १२ हजार कित्ताको आज बिहीबारदेखि बिक्री खुला भएपछि सेयर किन्नेको आज बिहानैदेखि लाइन लागेकोछ ।
इच्छुक लगानीकर्ताले न्युनतम ५० कित्ता शेयर तथा अधिकतम १० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । यस फाइनान्सको ग्लोबल आइएमइ क्यापिटल धितोपत्र निष्काशन तथा बिक्री प्रवद्र्धक रहेको छ ।
सेयर खरिद गर्नका लागि जमलस्थित नाचघरमा रहेको ग्लोबल आइएमई क्यापिटलको कार्यालयबाट एकाउण्टपेयी चेकबाट मात्रा आवेदन दिन सकिने छ भने कान्तिपथस्थित ग्लोबल आइएमई बैंकबाट नगद तथा चेकबाट आवेदन दिन सकिने छ । त्यस्तै जनकपुरमा रहेको ग्लोबल आइएमई बैंकको शाखा कार्यालयबाट पनि शेयरका लागि आवेदन दिन सकिने छ ।
यस बाहेक राजधानीमा सिटिजन्स बैंक इन्टरनेशनलका शाखा कार्यालयहरु कलंकी नारायण गोपाल चोक, नयाँ बानेश्वर, कुमारीपाटी ललितपुर र ठिमी भक्तपुरबाट आवेदन दिन सकिनेछ । राजधानीमा रहेको सोसाइटी डेभलपमेण्ट बैंकको शाखा कार्यालय गोंगबु तथा सगरमाथा मर्चेण्ट बैंकिंग फाइनान्स मानभवन ललितपुरबाट पनि आवेदन दिन सकिनेछ ।
राजधानी बाहिरको हकमा सिटिजन्स बैंकका शाखा कार्यलयहरु इटहरी, बिराटनगर, बिर्तामोड, बीरगञ्ज, बुटबल, धनगढी, महेन्द्रनगर, नारायणघाट, पोखरा, सिद्धार्थनगर, बनेपा र सुर्खेतबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । प्राइम कमर्शियल बैंकका शाखा कार्यालयहरु बट्टार र नेपालगञ्जबाट पनि आवेदन दिन सकिने छ ।
२७ फागुन २०७२, १०.००
वि.सं.२०७२ फागुन २७ बिहीवार १०:४८ मा प्रकाशित