काठमाण्डौं । अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप झापामा हुने भएको छ। चैत १८ देखि २७ गतेसम्म विर्तामोडस्थित डोमालाल रङ्गशालामा हुने गोल्डकपमा नेपालका तीनवटा विभागीय टिम र अन्तर्राष्ट्रिय चारसहित १० टिमको सहभागिता रहने मूल आयोजक समितिका अध्यक्ष होम पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिए।
खेलको पुरस्कार राशि रु. ६ लाख रहेको छ। प्रतियोगितामा विजयी हुने टोलीले रु. ६ लाखसहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन्, भने उपविजेताले नगद रु। तीन लाख पाउने बताइएको छ।
प्रतियोगिता सम्पन्न गर्न रु ५५ लाख खर्च हुने अनुमान गरिएको आयोजक समितिका महासचिव गणेश पोखरेलले बताए।
प्रकाशितः २०७२ फाल्गुन २९
वि.सं.२०७२ फागुन २९ शनिवार १५:५० मा प्रकाशित