
काठमाण्डौं । भारतीय टु व्हिलर कम्पनी बजाजले नयाँ स्पोट्स बाइक लन्च गर्ने तयारी गरेको छ।
बजाजले पल्सर सीएस ४०० नामक बाइक सन् २०१६ भित्र लन्च गर्ने तयारीका साथ काम गरिरहेको छ । तर कम्पनीले कहिले लन्च गर्ने भन्ने विषयमा केही जानकारी दिएको छैन्।
कम्पनीले अटो एक्पो २०१४ मा पल्सर सिएस ४०० र पल्सर एसएस ४०० का अवधारण अघि सारेको थियो । तर अहिलेसम्म बजारमा उसले सो बाइकल ल्याउन सकेको छैन्।
यस वाइकमा ३७३ दशमलव ४ सिसि सिंगल सिलिण्डर इन्जिन छ।
यस बाइकमा राखिएको इन्जिन केटिएम डुक ३९० मा मा पनि छ । तेलको ट्यांकीमा एलसीडी डिस्प्ले छ भने बाइकमा मोनोसक राखिएको छ । यस बाइकको मूल्य २ लाख भारतीय रुपैयाँ तय गरिएको छ ।
महिन्द्रा मोजो ३०० र केटिएम ३९० लाई टक्कर दिन बजाजले सो बाइक बजारमा ल्याउन लागेको हो ।
प्रकाशितः २०७२ फाल्गुन २९
वि.सं.२०७२ फागुन २९ शनिवार १४:१८ मा प्रकाशित