back

दैनिक १ डलरमा काम गर्ने महिला कसरी भइन् विश्वकै धनी !

Kumari bank ad

फोब्र्स म्यागजिनले केही दिन अघि मात्र २०१६ का धनीहरुको नाम सार्वजनिक गरेकोछ । यसका साथै १० विशेष धनीहरुको नामावली पनि सार्वजनिक गरेकोछ । यो नाममा सबैभन्दा पहिलो १ नम्बरमा छिमेकी देश चीनकी एक महिला पर्न सफल भएकी छिन् ।

जोउ कुन्फेई, सन् २०१५ मा चीनकी सबैभन्दा धनीहरुमध्ये ८ नम्बरमा, टेक्नोलोजीको क्षेत्रका सबैभन्दा धनी मध्ये ३० नम्बरमा रहेकी जोउ सन् २०१६ मा हङकङका सबैभन्दा धनीहरुमध्ये ९ नम्बरमा पर्छिन् भने विश्वकै धनीमध्ये २ सय ५ नम्बरमा पर्छिन् । फोब्र्सकै अनुसार ४६ वर्षकी यी महिलासँग ५ दशमलव आठ अर्ब अमेरिकी डलर बराबर सम्पत्ति रहेकोछ ।

कुनै समयमा सामान्य घडीको सीसा बनाउने कम्पनीमा काम गर्ने यी महिला अहिले लेन्स टेक्नोलोजी नामक सीसा बनाउने कम्पनकीकी मालिक छन् । लेन्स टेक्नोलोजी नामक यिनको कम्पनीले विभिन्न स्मार्टफोन, क्यामेरा तथा कम्प्युटरको लेन्स बनाउँदै आएको छ । यही कम्पनीले नै एप्पल र सामसुङ मोबाइलका लागि सीसा (टच स्क्रिन) बनाने गर्छ । यी दुई कम्पनी उनका विशेष ग्राहकहरु हुन् । विशेष धनीहरुमा १ नम्बरमा आउनुको पछाडि उनको संघर्षको कथा यस्तो छ ।

जोउ १९७० मा चीनको हुनान प्रान्तको एउटा सानो गाउँमा जन्मिएकी थिइन् । ५ वर्षकी हुँदा आमा गुमाएकी उनले घरमा हाँस र सुँगुर हेर्ने काम गर्थिन् । पछि १६ वर्षको उमेरमा विद्यालय शिक्षा छाडिन् र आफ्नो काकाहरुसँग बस्नका लागि गोङडोङ गइन् । त्यहाँ उनले कामको खोजी गर्न थालिन् । उनलाई फेशन डिजाइनर बन्ने इच्छा थियो तर परिस्थिति र बाध्यताले गर्दा उनी मदजुरका रुपमा काम गर्न थालिन् । त्यहाँ उनले घडीको सीसा बनाउने काम गर्थिन्, जुन काम गरेवापत उनले दिनभरमा १ अमेरिकी डलर पाउने गर्थिन् ।

बिहानको ८ बजेदेखि रातीको १२ या २ बजेसम्म उनी काम गर्ने गर्थिन् । किनकी उनलाई धेरै काम गर्ने र सिक्ने इच्छा थियो । सन् १९९३ मा, २२ वर्षको उमेरमा उनले जागिर त्याग्ने निर्णय गरिन्, उनले ३ हजार अमेरिकी डलर बचाएर राखेकी थिइन् । त्यसपछि केही साथी र परिवारका सदस्यसँग मिलेर उनले कम्पनी खोलिन् । अरु कम्पनीभन्दा राम्रो घडीको सीसा बनाउने वाचा गर्दै उनीहरुले ग्राहक तान्न थाले ।

सुरुको दशकमा उनले निकै कम नाफामा सामान उत्पादन र ब्यापार गर्न थालिन । उनले यो कुरालाई गोप्य नै राखिन् । उनका प्रतिस्पर्धीले यो कुरा धेरै समयसम्म थाहा पाएनन् । उनले लामो समयपछि यो कुरा खोलिन् । उनको सफलताको सुत्र थिए, कडा परिश्रम र धैर्यता ।

यसरी उनले घडीकै सीसा बनाउने काम गरेर जीविकोपार्जन गर्न थालिन् । यही क्रममा सन् २००३ मा आएको एउटा फोन कलले उनको जिन्दगी नै बदलियो । त्यतिबेलासम्म उनी घडीकै सीसाहरु बनाउने काम गर्थिन् । त्यो फोन कल मोटोरोला कम्पनीबाट आएको थियो जसले उनलाई आफूहरुले बजारमा ल्याउनका लागेको नयाँ फोनका लागि सीसा बनाउन सक्छौ भनेर सोधेको थियो । त्यतिबेलासम्म प्रयोगमा आएका मोबाइल फोनहरुमा प्लास्टिकको स्क्रिन राख्ने गरिन्थ्यो । त्यो प्रस्तावलाई स्वीकार गरेपछि बिस्तारै उनलाई एचटीसी, नोकिया एवं स्यामसुङ कम्पनीले आफ्नो मोबाइल फोनको स्क्रिन बनाइदिन आग्रह गर्न थाले ।

त्योसँगै उनको सफलताले सिंढी उक्लिँदै गयो । सन् २००७ मा एप्पलले बजारमा आइफोन लिएर आयो । त्यसको केही समय पछि नै जोउले एप्पलको पनि काम पाइन् ।

अहिले उनको कम्पनीका संस्थाहरु चीनको अन्य १० शहरहरुमा विस्तार गरिसकेकी छन् र ६० हजारले यसमा रोजगारी पाएका छन् । उनले एक अन्तरवार्तामा भनेकी छिन्, त्यो समयमा मेरो उमेरका महिलाहरु विवाह गरेर घर परिवार सम्हालेर बस्थे तर मैले त्यसको सट्टा काम गर्ने र आफ्नो खुट्टामा उभिने बाटो रोजें र आज मलाई कत्ति पनि पछुतो छैन ।’

उनले पहिले आफ्नै कम्पनीका मालिकसँग विवाह गरेकी थिइन् र एक बच्चालाई जन्म दिइन् । पछि उनले ती व्यक्तिसँग सम्बन्ध बिच्छेद गरिन् र लामो समयदेखि फ्याक्ट्रीमा सँगै काम गर्दै आएका साथीसँग विवाह गरिन् र अर्को सन्तानलाई जन्म दिएकी थिइन् । उनी हाल आफ्नो परिवारसित हङकङमा बस्छिन् ।

प्रस्तुती : इरादा पहाडी 

३० फागुन २०७२ /५:२१

वि.सं.२०७२ फागुन ३० आइतवार १७:४४ मा प्रकाशित

You can share this post!

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

पहिलो त्रैमासिकमा पाकिस्तानको व्यापार घाटामा गिरावट   

वि.सं.२०८० असोज १६ मंगलवार १३:३२

इस्लामाबाद, १६ असोज : अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक...

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

पानीको तापक्रम बढेका कारण १०० भन्दा बढी डल्फिन मृत फेला   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२९

साओ पाउलो, १६ असोज : गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको...

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

नियमित पढाइको माग गर्दा विद्यार्थी थुनामा   

वि.सं.२०८० असोज १६ मंगलवार १३:२३

पर्सा, १६ असोज : नियमित कक्षा सञ्चालनको माग गरेपछि यहाँ...

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डले दियो अनुमति

वि.सं.२०८० असोज १६ मंगलवार १३:१९

काठमाडौं। मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्काशन गर्ने अनुमति पाएको...

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

नेप्सेमा एक बैंकको ऋणपत्र सूचिकृत

वि.सं.२०८० असोज १६ मंगलवार १२:१८

काठमाडौं । नेप्सेमा एसबिआई बैंकको ऋणपत्र सूचीकृत भएको छ। मंगलबार...

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

समयमै काम नगर्ने २० कम्पनी कालोसूचीमा (सूचीसहित)

वि.सं.२०८० असोज १६ मंगलवार १२:०४

काठमाडौं। प्रधानमन्त्री कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २० कम्पनीहरुलाई...