
काठमाडाैं । नेपाली काँग्रेसमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा खुल्ला तर्फका केन्द्रीय सदस्य २५ काे मत गणना जारी छ । हाल सम्म २००१ मत गणना सकिएको छ ।
पछिल्लो नतिजाअनुसार शेखर कोइराला पुनः एक नम्बरमाअाएका छन् भने दोस्रोमा खुमबहादुर खड्का र तेस्रोमा प्रकाशमान सिंह छन् । शेखर कोइराला ११७८, खुमबहादुर खड्का ११६९ र प्रकाशमान सिंह ११५८ मत प्राप्त गरेका छन् ।
आइतबार रातिसम्म ती पदहरुको पनि मतगणना सम्पन्न हुने गरी कार्य अघि बढाइएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
त्यस्तै प्रदिप पाैडेल ११०९, रमेश लेखक ११०३, प्रदिप गिरि १०९९, कुलबहादुर (केबि) गुरूङ १०९९, पूर्णबहादुर खड्का १०९८, बालकृष्ण खाँड १०९८ र धनराज गुरूङ १०७६ मत प्राप्त गरेका छन् ।
वि.सं.२०७२ फागुन ३० आइतवार १६:५३ मा प्रकाशित