काठमाडौँ । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएर जेल सजाय समेत भोगेका खुमबहादुर खड्का नेपाली कांग्रेसको केन्द्रीय सदस्य बन्ने पक्का हुँदै गर्दा उनी जस्तै भ्रष्टाचारी ठहर भएका चिरञ्जीवी वाग्ले र गोविन्दराज जोशी यो पटक काँग्रेस केन्द्रीय बन्न सकेनन ।
यि दुवै देउवा टिममै परेका थिए । गोविन्दराज जोशी ३२ औं नम्बरमा छन् । यस्तै चिरञ्जीवी वाग्ले ३९ औं नम्बरमा छन् ।
पूर्व सभामुख तारानाथ रानाभाट, लक्ष्मण घिमिरे, शोभाकर पराजुली र विनयध्वज चन्द पनि यो पटक कांग्रेसको केन्द्रीय सदस्य हुन सकेनन । चर्चित सांसद रामहरि खतिवडा, योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल नेपाल बारका पूर्व अध्यक्ष प्रेमबहादुर खड्का, सांसद राजन केसी, रामकृष्ण ताम्राकार, विद्यार्थी नेता रंजित कर्ण, तरुण दलका नेता उदय सम्सेर राणा पनि पराजित सूचीमा छन् ।
१ चैत २०७२ / ११:१४:०७
वि.सं.२०७२ चैत १ सोमवार ११:१८ मा प्रकाशित