back
SKIP
prime bank ad

लुम्बिनी केन्द्रित गन्तव्य प्रबर्द्धन गर्दै सोट्टो नेपाल

Kumari bank ad

काठमाडौं । भगवान गौतमबुद्धको जन्मस्थल लुम्विनी र त्यस आसपासका पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्ने मुख्य उद्देश्यका साथ सोसाइटी अफ् ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो–नेपाल)ले फार्म ट्रिपको आयोजना गर्ने भएको छ ।

यही चैत ५ देखि १० गतेसम्म सञ्चालन गर्न लागिएको फार्म ट्रिप लुम्बिनी, पाल्पा, गुल्मीको रिडी–रेसुङ्गा, अर्घाखाँचीको सुपादेउराली–नरसिंह स्थान हुँदै प्युठानको स्वर्गद्वारी पुगेर समापन हुनेछ ।

फार्म ट्रिपमा ट्राभल तथा ट्रेकिङ व्यवसायी, पर्यटन बोर्डका प्रतिनिधि, पर्यटन पत्रकारहरु र सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहने सोट्टो नेपालले जनाएको छ ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणधिन अवस्थामा छ तापनि सो आसपासका गन्तव्यहरुको अझै प्रबद्र्धन हुन नसकिरहेको अवस्थामा यस किसिमको प्रबद्र्धनात्मक कार्यक्रम गर्न लागिएको सोट्टो नेपालका अध्यक्ष यामबहादुर खड्काको भनाई छ ।

‘आधा घण्टा लुम्विनी घुमेपछि पर्यटकहरु त्यस आसपास कहाँ जाने ? त्यसैले हामीले त्यस आसपासको गन्तव्यको प्रबद्र्धन र बजारीकरणका लागि व्यवसायी र स्थानीयलाई जागरुक गराउन यस कार्यक्रमको आयोजना गर्न लागेका हौं ।’ खड्काले भने ।

उक्त फार्म ट्रिपको समयमा प्रत्येक गन्तव्यका निजी पर्यटन व्यवसायी, सरकारी संयन्त्रका प्रतिनिधि, स्थानीय बासिन्दा तथा पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रम पनि गरिने उनले बताए । फार्म ट्रिपको अवसरमा पाल्पाको होमस्टे प्रबद्र्धनका लागि एक रात होमस्टेमा बस्ने कार्यक्रम समेत राखिएको उनको भनाइ छ । भ्रमणले लुम्बिनी आसपासका गन्तव्य प्रबद्र्धन गर्न, बजारीकरण गर्न र पर्यटन प्याकेज निर्माणका लागि सहज हुने सोट्टो नेपालको आशा छ ।

सोट्टो नेपालले हरेक वर्ष आन्तरिक पर्यटन प्रबद्र्धन र गन्तव्यको बजारीकरणका लागि यस किसिमको कार्यक्रम संचालन गर्दै आएको छ ।

१ चैत २०७२ / ७:३९

वि.सं.२०७२ चैत १ सोमवार १९:४१ मा प्रकाशित

You can share this post!

विद्युत् उत्पादन अनुमतिपत्रका लागि जगदुल्लाले अगाडि बढायो प्रक्रिया   

विद्युत् उत्पादन अनुमतिपत्रका लागि जगदुल्लाले अगाडि बढायो प्रक्रिया   

वि.सं.२०८० असोज ११ बिहीवार १३:५०

काठमाडौँ, ११ असोज: ‘जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले...

जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ : सभापति लामिछाने   

जनतासँग सम्बन्धित साना समस्यामा राहत दिलाउनुपर्छ : सभापति लामिछाने   

वि.सं.२०८० असोज ११ बिहीवार १३:२३

काभ्रेपलाञ्चोक, ११ असोज : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले...

सर्वसाधारणका लागि सोनापुर मिनरल्सको आईपीओ कहिलेदेखि हुँदैछ बिक्री खुला ?

सर्वसाधारणका लागि सोनापुर मिनरल्सको आईपीओ कहिलेदेखि हुँदैछ बिक्री खुला ?

वि.सं.२०८० असोज ११ बिहीवार १३:१६

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले असोज १४ गते...

आइएमई लाइफले व्यतीत बीमालेख नवीकरणमा १०० प्रतिशत छुट दिने

आइएमई लाइफले व्यतीत बीमालेख नवीकरणमा १०० प्रतिशत छुट दिने

वि.सं.२०८० असोज ११ बिहीवार १२:५५

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले व्यतीत बीमालेखमा १०० प्रतिशत...

हुन्डाई कोना जी एलको मूल्य सार्वजनिक, यस्ता छन् फिचर

हुन्डाई कोना जी एलको मूल्य सार्वजनिक, यस्ता छन् फिचर

वि.सं.२०८० असोज ११ बिहीवार १२:२६

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ कोना...

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड   

एक जनाको भरमा स्वास्थ्य बीमा बोर्ड   

वि.सं.२०८० असोज ११ बिहीवार १२:२०

गलकोट (बागलुङ), ११ असोज : बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय...