काठमाण्डौं । पूर्वी चितवनको एक इट्टा उद्योगमा चट्याङ पर्दा उद्योगमा कार्यरत दुई मजदुरको ज्यान गएको छ। अन्य सात मजदुर घाइते भएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चैत १ गते सोमबार दिउँसो हावाहुरी र पानीआएका बेलामा पूर्वी चितवन रत्ननगर–१० मा रहेको हरिकृष्ण इट्टा उद्योगमा चट्याङ् परेको थियो । चट्याङले घाइते भएपछि उपचारकालागि भरतपुर अस्पताल ल्याउँदै गरेका नौजना मध्ये दुईजनाको बाटोमा नै ज्यान गएको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृत्यु हुनेमा सर्लाही रञ्जितपुर–९ का १६ वर्षीय दिनेश माझी र सर्लाही हदरिया–५ की २४ वर्षीया रिता राई रहेको प्रहरीको भनाइ छ ।
अन्य सात जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
प्रकाशितः २०७२ चैत २
वि.सं.२०७२ चैत २ मंगलवार ११:३८ मा प्रकाशित