
काठमाण्डौं । फोर्ड कम्पनीले भारतमा आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी इकोस्पोर्टको मूल्य घटाएको छ। कम्पनीले इकोस्पोर्टको मूल्य १ लाख १२ हजार भारतीय रुपैयाँसम्म घटाउने घोषणा गरेको हो।
मारुति सुजुकीले हालै आफ्नो पहिलो सब कम्प्याक्ट एसयूभी भिटारा ब्रेजा सुरुवाती मूल्य ६ लाख ९९ हजार भारतीय रुपैयाँमा लन्च गरेपछि फोर्डले पनि यो सेगमेन्टको आफ्नो कार इकोस्पोर्टको मूल्य घटाइएको बताइएको छ।
मूल्य घटेपछि इकोस्पोर्ट पेट्रोल संस्करणको सुरुवाती मूल्य ६ लाख ६८ हजार र डिजलको ७ लाख २८ हजार भारतीय रुपैयाँ कायम भएको बताइएको छ।
इकोस्पोर्टको मूल्य भारतमा घटेपनि नेपालमा भने घट्ने सम्भावना नरहेको फोर्ड नेपालले जनाएको छ। नेपालमा आउने गाडीको मूल्य भारतको आन्तरिक बजारको नभइ निर्यात मूल्यमा आधारित हुनाले घट्न नसक्ने फोर्ड नेपालले जनाएको छ। नेपालमा इकोस्पोर्टको मूल्य ३१ लाख ९० हजारदेखि ४८ लाख ९० हजार रुपैयासम्म पर्छ।
प्रकाशितः २०७२ चैत २
वि.सं.२०७२ चैत २ मंगलवार १२:४८ मा प्रकाशित