
ओप्रा विन्फ्रे लोकप्रिय टेलिभिजन कार्यक्रम द ओप्रा विन्फ्रे शोबाट चर्चित छिन् । आजको दिनमा उनलाई अरु कुनै परिचय दिइरहनु जरुरी छैन । विश्वकै एक प्रभावशाली महिला, अरबपति, व्यवसायी, अभिनेत्री, चलचित्र निर्मात्री एवं निर्देशक लगायतका परिचय उनले बनाएकी छिन् । तर यहाँसम्म आउन उनले थुप्रै कष्ट र चुनौतिहरुको सामना गर्नु परेको थियो ।
सन् १९५४ जनवरी २९ मा मिसिसिपीमा एकल आमाबाट उनको जन्म भएको थियो । उनको बाल्यकाल अत्यन्त दुःखमा बितेको थियो । उनी ९ वर्षको उमेरमा बलात्कृत भएकी थिइन् । त्यसपछि उनी आफ्ना आफन्त र साथीभाइहरुबाट बारम्बार यौन हिंसाको शिकार भइन् । जस अनुरुप उनले १४ वर्षको उमेरमा गर्भधारण गरिन् भने उनको जन्म दिएको छोरा भने बच्न सकेनन् ।
त्यसपछि उनलाई नासभिल्ला आफ्नो बाबुकहाँ बस्न गइन् जो कपाल काट्ने नाउ हुनुका साथसाथै व्यापारी पनि थिए । सन् १९७१ तिर त्यहीकै टेनिशी स्टेट विश्वविद्यालयमा उनले अध्ययन सुरु गरिन् यसका साथसाथै रेडियो र टेलिभिजनमा समाचार पढ्ने काम पाइन् ।
सन् १९७६ मा ओप्रा बाल्टिमोर राज्यको म्यारील्याण्डमा बसाइँ सरिन् । जहाँ उनले टेलिभिजनमा ‘मानिसहरु कुरा गरिरहेका छन्’ भन्ने कार्यक्रम चलाइन् जुन अत्यन्त हिट सावित भयो । त्यहाँ उनले ८ वर्ष काम गरिन् । पछि उनलाई सिगाकोको टेलिभिजनमा आफ्नै कार्यक्रम शुभबिहानी सिकागो भन्ने कार्यक्रम चलाउन थालिन् । उनको कार्यक्रम त्यहाँ पनि एकदमै हिट सावित भयो । अन्य कार्यक्रमको तुलनामा उनको कार्यक्रमलाई १ लाख दर्शकहरुले हेर्न थाले भने अन्तिममा रहेको उनको कार्यक्रमको रेटिङ सजिलै नम्बर १ मा पुग्यो ।
उनको कार्यक्रम हिट भइरहेकै समयमा सन् १९८५ मा उनलाई चलचित्र खेल्न अफर आयो । उनले ‘द कलर पर्पल’ नामक चलचित्रमा सहायक अभिनेत्रीको भूमिका गरिन् । त्यो चलचित्रबाटै उनले एकेडेमी अवार्ड पनि जितिन् ।
यो सफलतासँगै उनले सन् १०८६ मा ओप्रा विन्फ्रे सो चलाउन थालिन्, जुन राष्ट्रियस्तरको सिन्डिकेट प्रणाली अनुसार चलाइएको थियो । यो कार्यक्रम १ सय २० टिभी च्यानहरुबाट प्रशारण हुन्थ्यो भने १० करोड मानिसले उनको कार्यक्रम हेर्ने गर्थे । कार्यक्रमले वर्षको अन्त्यमा नै १ सय २५ करोड कमाउन सफल रह्यो, कार्यक्रमबाटै ओप्राले ३० करोड अमेरिकी डलर कमाइन् । यसका साथै उनले एबीसी च्यानबाट त्यो कार्यक्रम आफ्नै स्वामित्वमा ल्याइन् । यसपछि त्यो कार्यक्रमको सिन्डिकेट प्रणालीबाटै उनले धेरै भन्दा धेरै पैसा कमाउन थालिन् ।
सन् २०११ मा एबीसीसँग गरेको सम्झौता अनुरुप उनको कार्यक्रम सकिए लगत्तै उनले ओप्रा विन्फ्रे नेटवर्क स्थापना गरेकी छिन् । केही वर्ष अघिसम्म फोब्र्सले उनलाई अफ्रिकी अमेरिकी मूलकी एकमात्र अरबपति महिलाका रुपमा चित्रित गरेको थियो । फोब्र्सले निकालको २०१६ का अरबपतिहरुको सूचिमा उनी ५ सय ६९ मा पर्छिन् । त्यस्तै अमेरिकाका आफ्नै बलबुतामा बनेका धनी महिलाहरुको सूचिमा सन् २०१५ मा उनी ५ नम्बरमा थिइन् । त्यस्तै सन् २०१४ मा १ सय सेलिब्रेटीमध्ये चौथो नम्बरमा उनी थिइन् ।
उनले बनाएका द ह्याभ्स एण्ड द ह्याभ्स नट, इफ लभिङ यु इज रङ र सेल्मा अत्यधिक रुचाइएका धारावाहिक हुन् । उनी हाल पनि मिडिया क्षेत्रसँगै नै सम्बन्धित छिन् ।
एजेन्सीको सहयोगमा प्रस्तुती : इरादा पहाडी
२ चैत २०७२ / ४:०३
वि.सं.२०७२ चैत २ मंगलवार २०:०२ मा प्रकाशित