
काठमाण्डौं । माइक्रोसफ्ट स्काइपले आफ्ना प्रयोगकर्ताको लागि नयाँ फिचर ल्याएको छ।
यस फिचरमा सिधै मोबाइल वा ल्यान्डलाइनमा फोन गर्ने विकल्प आउने छ।
यसका साथै स्काइपमा यूट्युब भिडियो पनि हेर्न सकिने कम्पनीले जनाएको छ।
प्रयोगकर्ता यूट्युबको लिंक स्काइपमा सेयर गर्न सक्नेछन् र सिधै भिडियो पनि हेर्न सक्ने छन्।
प्रकाशितः२०७२ चैत ३
वि.सं.२०७२ चैत ३ बुधवार १३:३५ मा प्रकाशित