
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का उपचारका लागि मंगलबार भारतको नयाँ दिल्ली गएका छन् ।
दुई साता अघि आन्द्रामा समस्या देखिएपछि पारस नर्भिक अस्पतालमा आकस्मिक कक्षमा भर्ना भएका थिए । ५ दिनपछि उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । थप उपचारका लागि उनी भारत गएका हुन् । प्रशिक्षक जगत टमाटाका अनुसार पारसले शनिबार काठमाडौं फर्किने जनाएका छन् ।
मेदान्तमा चेकअप गर्ने भनेर गए पनि अहिले अर्कै अस्पतालमा जचाउने तयारी भएको खड्काको भनाइ छ ।
कीर्तिपुर मैदानमा चलिरहेको छनोट प्रतियोगितामा पारसको अनुपस्थितिमा टिम ‘ए’ को कप्तानी मन्जित श्रेष्ठले गरेका थिए । टिम ‘सी’ का कप्तान शरद भेषावकर पनि घरासयी कारण मंगलबारको खेलमा अनुपस्थित रहे । उनको स्थानमा विनोद भण्डारीले टिमको नेतृत्व गरेका थिए ।
वि.सं.२०७२ चैत ३ बुधवार १५:३१ मा प्रकाशित