back

गुह्येश्वरीदेखि गोकर्णको सडक किनारासम्म सौर्यबत्ती, संसदीय कोषबाट बजेट

 काठमाडौं । बागमती नदी किनारको गुह्येश्वरीदेखि गोकर्णसम्मको सडक किनारा तथा सार्वजनिकस्थलमा सौर्यबत्ती जडान गरिने भएको छ ।

सांसद रामेश्वर फुयाँलले बिहीबार सार्वजनिकस्थलमा सौर्यबत्ती जडान कार्यको थालनी गरे ।

यसअघि भएको छलफल कार्यक्रममा उनले सार्वजनिकस्थान, मन्दिर र विद्यालयमा सौर्यबत्ती प्रयोगमा ल्याइने जानकारी दिए ।

निजी आवास तथा कारखानामा सौर्य ऊर्जा प्रयोग गर्न लगाउन समन्वय गर्ने उनको भनाइ थियो ।

काठमाडौँ क्षेत्र नम्बर ३ को पूर्वाधार विकासका लागि सात लाख बजेट विनियोजन भएको पनि उनले जानकारी गराए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले विद्युत् कटौतीको समस्या न्यून गर्ने अभियानस्वरुप सौर्यबत्ती जडान कार्यक्रम सुरु गरिएको हो ।

आजै बागमती किनार सौर्य उज्यालो कार्यक्रम उपभोक्ता समिति समेत गठन गरिएको छ । रासस

प्रकाशितः २०७२ चैत्र ४

वि.सं.२०७२ चैत ४ बिहीवार १४:५४ मा प्रकाशित

You can share this post!

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर   

नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर   

वि.सं.२०८० असोज ४ बिहीवार ०७:११

न्यूयोर्क, ४ असोज : नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन...

फेडेरल रिइन्सुरेन्सले आइपीओ जारी गर्ने

फेडेरल रिइन्सुरेन्सले आइपीओ जारी गर्ने

वि.सं.२०८० असोज ४ बिहीवार ०७:०१

काठमाडौं । फेडेरल रिइन्सुरेन्स ब्रोकर्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको...

यी दुई योजनाको प्रतिफल इकाईधनीहरुको बैंक खातामा जम्मा

यी दुई योजनाको प्रतिफल इकाईधनीहरुको बैंक खातामा जम्मा

वि.सं.२०८० असोज ४ बिहीवार ०६:५०

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी इक्विटी...

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो   

रसुवागढी नाकामा राजस्व बढ्न थाल्यो   

वि.सं.२०८० असोज ४ बिहीवार ०६:४३

रसुवा, ३ असोज : रसुवा भन्सार कार्यालय टिमुरेले चालु आर्थिक...

कस्तो रहनेछ आजको मौसम ?

कस्तो रहनेछ आजको मौसम ?

वि.सं.२०८० असोज ४ बिहीवार ०६:३५

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर...

आज ४ असोज २०८० बिहिवार, कुन राशिको कस्तो छ आज ?

आज ४ असोज २०८० बिहिवार, कुन राशिको कस्तो छ आज ?

वि.सं.२०८० असोज ४ बिहीवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...