back

नागरिक लगानी कोषमा ७१ अर्ब थपिएपछि ३५प्रतिशत बोनस सेयर बाँडिदै

Kumari bank ad

काठमाडौं । नागरिक लगानी कोषको खुद सङ्कलन पुस मसान्तसम्म ७१ अर्ब रुपैयाँभन्दा बढी भएको छ । पछिल्लो नौ महिनामा मात्रै नागरिक लगानी कोषमा चार अर्ब ५६ करोड ४४ लाख रुपैयाँ थप बचत सङ्कलन थपिएको छ।

कोषले आफ्नो काठमाडौँ केन्द्रित सेवालाई हाल विराटनगर र पोखरामा विस्तार गरेको र आगामी आवमा अन्य स्थानमा पनि लगिने जनाएको छ । देशमा छरिएर रहेको पुँजीलाई बचत परिचालनको माध्यमबाट पुँजीबजारको विकासमा योगदान गर्ने उद्देश्यले विसं २०४७ सालमा कोष स्थापना भएको थियो । कोषले कर्मचारी बचत वृद्धि अवकास कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, पुँजीबजार सेवा, धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकलगायत सेवा दिँदै आएको छ ।

कोष स्थापनाको २६औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै अर्थ राज्यमन्त्री दामोदर भण्डारीले कोषको पुँजीलाई उत्पादनशील क्षेत्रमा परिचालन गर्न आग्रह गरे। कोषको पुँजीलाई अधिकतम राष्ट्रिय हित र राष्ट्रिय जीवनमा प्रयोग गरिनुपर्छ, ऊर्जा, पर्यटन तथा विकासका पूर्वाधार निर्माणको क्षेत्रमा कोषले लगानीको योगदान पुर्याउनुपर्छ, राज्यमन्त्री भण्डारीले भने ।

राष्ट्रिय योजना आयोगका सदस्य कामानन्द देवले पुँजीबजारको विकास र निजी क्षेत्रको लगानीलाई एकीकृत गरी उत्पादनमूलक क्षेत्रमा लगानी अभिवृद्धि गर्न कोष सक्रिय हुनुपर्ने औँल्याए। नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले नागरिक लगानी अभिवृद्धि गरी पुँजीबजार प्रवद्र्धन गर्न कोषले प्रभावकारी काम गर्न जरुरी भएको स्पष्ट पारे।

कोषका अध्यक्ष राजन खनालले विद्यमान कोष ऐनलाई संशोधन गरी नयाँ लगानीका सम्भावना खोज्ने योजना रहेको जानकारी दिए।

कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले सामाजिक सुरक्षणको दायरा फराकिलो बनाउँदै बचत सङ्कलनमा प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने कार्य अघि बढाइने बताउँदै जलविद्युत्, कृषि, पर्यटन तथा उत्पादनमूलक पूर्वाधारजस्ता परियोजनामा लगानी गर्ने नीति कोषले अगाडि सारेको बताए।

सो अवसरमा कोषका पूर्वअध्यक्ष तथा सञ्चालक र उत्कृष्ट काम गर्ने तीन कर्मचारीलाई सम्मान गरिनाका साथै कोषमा २० वर्ष सेवा गरेका छ कर्मचारीलाई दीर्घसेवा पदक प्रदान गरिएको थियो ।

त्यसैगरी बिहिवार नै भएको नागरिक लगानी कोषको साधरण सभाले ३५ प्रतिशत बोनस तथा झण्डै सात प्रतिशत नगद लाभांसको प्रस्ताव पारित गरेको छ। कोषले यो लाभांस आर्थिक वर्ष २०७०÷७१ को नाफाबाट वितरण गरेको हो। त्यस अघिल्लो वर्ष निगमले ५० प्रतिशत बोनस सेयर दिएको थियो। रासस

५ चैत २०७२, १०.००

वि.सं.२०७२ चैत ५ शुक्रवार १०:३८ मा प्रकाशित

You can share this post!

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

कोरियन भाषा परीक्षाको आवेदन खुला, यस्तो छ सूचना र आवेदन प्रक्रिया

वि.सं.२०८० मंसिर १९ मंगलवार ०७:१३

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको...

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

आजको मौसमः तीन प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी र हिमाली भू-भागमा हिमपात

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:४६

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको...

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

मुक्तिनाथ कृषि कम्पनीको आइपीओ आज बाँडफाँड हुँदै

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:३८

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आईपीओ बाँडफाड आज हुने...

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

एनसेल शेयर खरिद–बिक्रीको वैधता निर्क्योल गर्न प्रधानमन्त्रीको निर्देशन   

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२६

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

आज १९ मंसिर २०८० मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १९ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...