back

प्रधानमन्त्रीले चीनसँग इन्धन तथा पारवाहन सम्झौता गर्ने

Kumari bank ad

काठमाडौ । प्रधानमन्त्रीको चीन भ्रमणका समयमा इन्धन तथा पारवहन सम्झौता हुने भएको छ ।

कञ्जुमर आई नेपालले आयोजना गरेको ‘वर्तमान बजारको अवस्था र उपभोक्ताको अधिकार’ विषयको छलफलमा आपूर्तिमन्त्री गणेशमान पुनले सम्झौतापछि इन्धनको समस्या समाधान गर्न मद्दत मिल्ने बताए ।

मन्त्री पुनले बजारमा मौलाएको कालोबजारी नियन्त्रणका लागि सरकारले उपभोक्ताहित महाशाखा गठन गर्न लागेको जानकारी दिँदै भने, “कालोबजारी, खाद्य सुरक्षा, मूल्य नियन्त्रण लगायत विषयमा अनुगमन तथा कारबाही गर्नका लागि महाशाखा आवश्यक भएकाले गठन गर्ने प्रक्रियामा छौँ ।”

बजारमा भएको अनियन्त्रित मूल्य वृद्धि, कमसल वस्तुको बिक्री वितरणबारे उपभोक्ता जागरण अभियान आवश्यक भएको र वर्षभरि नै अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

काठमाडौँ महानगरपालिकाका निर्देशक हरिकुमार श्रेष्ठले बजारमा व्याप्त कालोबजारी रोक्न सरकारले नियमित अनुगमन र कारबाहीको प्रक्रियालाई जारी राख्नुपर्ने बताए ।

मानव अधिकार परिषद्का अध्यक्ष तुलसी थापाले नाका सहज भएको महिना दिन बित्न लाग्दा पनि बजारमा इन्धनको सहज आपूर्ति हुन नसकेकाले सरकारको ध्यानाकर्षण गराए । कञ्जुमर आई नेपालका अध्यक्ष विमला खनालले बजारमा सिर्जना भएको इन्धनको कृत्रिम अभावबारे अनुगमन गरी वितरण प्रणाली सहज गर्न सरकारसँग माग गरिन् ।” रासस

५ चैत २०७२, १०.००

वि.सं.२०७२ चैत ५ शुक्रवार १०:४३ मा प्रकाशित

You can share this post!

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

लालपुर्जा पाइने भएपछि खुसी छन् टीकापुरका स्थानीय   

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:३३

भजनी १६ मङ्सिर : कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम...

यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:२४

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ...

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

मेलम्चीको पानी काठमाडौँ पठाउन तीव्रगतिमा काम भइरहेको छ,   चाँडै पुर्‍याउँछौँ : मन्त्री  यादव 

वि.सं.२०८० मंसिर १६ शनिवार ०७:०५

मेलम्ची, (सिन्धुपाल्चोक) १५ मङ्सिर : खानेपानीमन्त्री महिन्द्रराय यादवले मेलम्चीको पानी...

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १६ मंसिर २०८० शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८० मंसिर १६ शनिवार ०६:५७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाणको विषयलाई लिएर राय बाझियो   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४९

काठमाडौँ, १५ मङ्सिर : नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण...

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय   

वि.सं.२०८० मंसिर १५ शुक्रवार २०:४३

काठमाडौँ, १५ मङ्सिर : नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले...