
काठमाडौँ । नेपाली पर्वतारोहीको हत्या गर्ने आतंकवादी इर्फान उल्लाहलाई मृत्युदण्ड दिने निर्णयमा पाकिस्तानी सेनापतिले हस्ताक्षर गरेका छन् ।
पाकिस्तानी सेनापति राहिल सरिफले १३ आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा हस्ताक्षर गरेका हुन् । नङ्गा पर्वतमा विदेशीको हत्या गर्ने इन्र्फानसहित १३ जना आतंकवादीलाई मृत्युदण्ड दिने निर्णयमा सेनापतिले हस्ताक्षर गरेको पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ ।
चिनियाँ टोलीसहित नङ्गा पर्वत चढ्न गएको बेला नेपाली पर्वतारोही सोना शेर्पा र थप नौ विदेशी आरोहीको २०१३ जुन २२ मा नङ्गा पर्वतमा हत्या भएको थियो । सोनाले २००९ मा पनि नन्गा पर्वतको आरोहण गरेका थिए । onlinekhanar
७ चैत २०७२
वि.सं.२०७२ चैत ७ आइतवार ०६:५४ मा प्रकाशित