
काठमाण्डौं । प्रधानमन्त्रीको चीन भ्रमणमा तेस्रो मुलुकबाट सामान ल्याउने पारवहन सम्झौंता भएको छ । चीनले तेस्रो मुलकबाट आउने सामान आफ्नो बन्दरगाह हुँदै ल्याउन दिन सहमत भएको छ । यो सम्झौंतापछि तेस्रो मुलुकको सामान भारतमार्फत मात्रै ल्याउनुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
नेपाल र चीनबीच पारवाहन सम्झौता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ प्रधानमन्त्री ली खछ्याङबीच द्वीपक्षीय वार्ता भएपछि सम्झौता भएको हो।
चिनियाँ बन्दरगाहमा नेपालबाट व्यापारका लागि सबैभन्दा सहज हुने ग्वाङचाउ हो। ग्वाङचाउ सांघाईपछि चीनको दोस्रो ठूलो व्यापारिक बन्दरगाह हो । नेपालसंग धेरै व्यापार हुने युनान, सिचुआन लगायतका प्रदेशबाट नजिक भएको कारण पनि ग्वाङचाउ नेपालका लागि महत्वपूर्ण छ।
८ चैत २०७२, ८.००
वि.सं.२०७२ चैत ८ सोमवार ११:०७ मा प्रकाशित