back

किशोरावस्थामै विवाह हुने बालिका घरमै बस्छन् : ह्यारी

Kumari bank ad

काठमाण्डौं । ५ दिने नेपाल भ्रमणमा आएका बेलायतका राजुकमार ह्यारीले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त रुपमा बालिका सम्मेलन उद्‍घाटन गर्दै शिक्षाको माध्यमबाट मात्र गरिवी, अशिक्षा र शक्तिहीनतासँग लड्न सकिने बताएका छन् । किशोरावस्थामै विवाह हुने बालिका घरमै बस्ने बताउँदै उनले बालिका शिक्षामा जोड दिएका हुन् । उनको भाषणको पूर्ण पाठ :

बालिका र किशोरीहरुले भोगेका केही चुनौतीका बारेमा खुला बहस गरौं। विश्वभर ६ करोड बालिकाले शिक्षाको अवसर पाएका छैनन्। कहिल्यै पनि पढ्न र लेख्न नपाएका ८० करोड मानिसमध्ये दुई तिहाइ बालिका छन्। विश्वभर अहिले जिवित ७० करोड महिलाहरुको वाल्यकालमै विवाह भएको हो र उनीहरुमध्ये २५ करोडको १५ वर्षको उमेरभित्रै विवाह भएको हो।

नेपालमा पनि आधा जति महिला जो २०, ३० र ४० वर्ष उमेरको हाराहारीमा छन्, उनीह्यरुको विवाह १८ वर्ष नपुग्दै भएको हो। यी मध्ये आधा किशोरअवस्थामै आमा बन्छन्। यो भन्नैपर्छ कि किशोरअवस्थामै विवाह हुने महिला घरमै बस्छन्। उनीहरुले स्कुलको पढाइ छोड्छन्। र, उनीहरु एवंरितले अशिक्षा, गरिवी, अस्वास्थ्य र शक्तिहीनताको चक्रमा फस्छन्। यो चक्रलाई कसरी भत्काउन सकिएलारु उत्तर के हो भन्ने हामी सबैलाई थाहा छ। त्यो हो शिक्षा।

शिक्षामा सहज पहुँचले जीवन, परिवार, समुदाय र पुरै देशलाई रुपान्तरण गर्छ। जब किशोरीहरुले आफ्नो स्कुल सक्छन्, उनीहरुले शिप, ज्ञान र आत्मविश्वास सिक्छन्। छोटकरीमा भन्दा, आफ्नो र आफ्नो वरपर रहेका मानिसहरुको जीवन रुपान्तरण गर्न शिक्षाले उनीहरुलाई सशक्तिकरण गर्छ। हरेक देशले आफ्नो बाटो आफै खोज्नुपर्छ। र, नेपालका लागि पनि यो जटिल समाजिक चुनौती हो। सरकारले सन् २०३० सम्ममा बाल विवाह अन्त्य गर्ने अभियानमा सफलता हासिल गरिरहेको छ। गएको दसकमा यो १० प्रतिशतले घटेको छ। र, यो चलन कानुनले नै बर्जित गरेको छ।

त्यसैले अब कार्यान्वयन र शिक्षामा ध्यान दिनुपर्छ। राष्ट्रपति र सभामुखमा महिलालाई पुर्‍याएर नेपालले शक्तिशाली उदाहरण प्रस्तुत गरेको छ। हामी आशावादी हुनुको सबैभन्दा ठूलो कारण यो हलमा रहेका उत्साही किशोरकिशोरी हुन् जो देशमा बालिकाहरुप्रति बदलिँदो दृष्टिकोण प्रति निकै सचेत छन्।

१० चैत, २०७२, २.००

वि.सं.२०७२ चैत १० बुधवार १५:०५ मा प्रकाशित

You can share this post!

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

आन्दोलनरत चिकित्सकहरूले फिर्ता लिए आन्दोलन, सरकारसँग यस्तो भयो सहमति

वि.सं.२०८० असोज १३ शनिवार २१:३६

काठमाडौं । आन्दोलनरत चिकित्सक र सरकारबीच सहमति भएको छ ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो सात सय २० ग्राम सुन बरामद   

वि.सं.२०८० असोज १३ शनिवार २१:२७

काठमाडौँ, १३ असोज : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुई किलो...

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासको भाउ पनि भारी वृद्धि, कुनको कति पुग्यो ?

वि.सं.२०८० असोज १३ शनिवार २१:१३

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको...

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

बाढीले जीप बगाउँदा तीन यात्रु बेपत्ता   

वि.सं.२०८० असोज १३ शनिवार २०:०८

पर्वत, १३ असोज : पर्वतको कुश्मा नगरपालिका–७ र ८ को...

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

घोराही–तुलसीपुर सडक चार लेन मर्मत हुँदै   

वि.सं.२०८० असोज १३ शनिवार १९:३३

तुलसीपुर, १३ असोज : घोराही–तुलसीपुर चार लेन सडक दुई चरणमा...

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

अर्थतन्त्र सुधारोन्मुख रहेकाले निराश नहुन उद्योगीहरूलाई अर्थमन्त्री महतको आग्रह   

वि.सं.२०८० असोज १३ शनिवार १९:२४

जनकपुरधाम, १३ असोज : अर्थमन्त्री डा प्रकाशशरण महतले विभिन्न कारणले...