
धादिङ । जिल्लाको उत्तरी भेगको फूलखर्क–२ मा रहेको मण्डली उच्च माध्यमिक विद्यालयको निर्माणाधिन भवनको ढलानको फर्मा भत्कँदा तीन अष्ट्रेलियन नागरिक र तीन नेपाली घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर छ।
घाइते हुनेमा अस्ट्रेलियाली पिटर लेभी, एलेक्स मेलर र जर्ज ह्याण्डी रहेको प्रहरीले जनाएको छ। यसैगरी मूलपानी–५ बस्ने ५५ वर्षीय हरि थापा, फूलखर्क–५ का ४७ वर्षीय कृष्ण अधिकारी र फूलखर्क–२ का ३२ वर्षीय सुन्तु परियार रहेको प्रहरी उपरीक्षक शरदकुमार खत्रीले जानकारी दिए। घाइतेहरुको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
११ चैत २०७२, १०.०
वि.सं.२०७२ चैत ११ बिहीवार ११:०१ मा प्रकाशित