काठमाण्डौं । काठमाण्डौं कुलेखानीहेटौंडा सुरुङमार्ग निर्माण गर्ने नेपाल पूर्वाधार विकास कम्पनीका उपाध्यक्ष तथा सञ्चालक लालकृष्ण केसीलाई हटाइएको छ । कम्पनिको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले केसीलाई पदबाट हटाएको हो ।
कम्पनीको उद्देश्य अनुसार अध्यक्ष एवं कम्पनीलाई प्राविधिकरुपमा सहयोग एवं सुझाब उपलब्ध गराउन नसकेको भन्दै उनलाई पदबाट बर्खास्त गरिएको बताइएको छ ।
कम्पनीको सञ्चालक समितिका अध्यक्षलाई आवश्यक सहयोग र कम्पनीलाई प्राविधिक सहयोग गर्न उद्देश्यका साथ केसीलाई कम्पनीको बिज्ञ स्वतन्त्र सञ्चालक नियुक्ति गरिएको थियो ।
साथै कम्पनीको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पद नै खारेज गर्न आगामी साधारणसभा समक्ष प्रस्ताव पेश गर्ने निर्णयसमेत गरेको जारी विज्ञप्तीमा उल्लेख छ ।
११ चैत २०७२, ३.००
वि.सं.२०७२ चैत ११ बिहीवार १६:०६ मा प्रकाशित