back

शेयरमा लगानी गर्नेले सोच्नैपर्छ : दुई हप्तामा आयो दुई पटक चेतावनी

Kumari bank ad

काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले सेयर बजार अकल्पनीय रुपमा बढ्दै गएपछि गंभीर रुपमा सर्बसाधारण लगानीकर्ताहरुको नाममा सार्वजनिक अपील गर्दै सचेत भएर लगानी गर्न आब्हान गरेको छ । धितोपत्र बोर्डले यो दोस्रो पटक अपील गरेको हो ।

सोमबार नेप्सेले १३८४ को बिन्दु टेकेर फर्कि दुई अंक भन्दा बढीले बजार घटेको दिन सेयर बजारको सर्बोच्च नियमनकारी निकाय धितोपत्र बोर्डबाट यस्तो अपिल जारी भएको हो । आइतबार मात्रै नेप्से २० अंकले बढ्नुका साथै एक अर्ब १४ करोड बराबरको शेयर किनबेच भएको थियो । गत फागुन २७ गते पनि नेप्सेमा ठूलो कारोबार भई नेप्से बढेकोमा पहिलो पटक बोर्डले यसैगरी सजग गराएको थियो ।

बर्डका प्रबक्ता निरज गिरीले जारी गरेको बक्तब्यमा भुकम्प र तराई आन्दोलन आदिले गर्दा देशको अर्थतन्त्रमा नकारात्मक असर गरी देशको आर्थिक बृद्धिदर २ प्रतिशतको हाराहारीमा हुने अनुमान र सूचीकृत कम्पनीहरुको अबस्था पनि सन्तोषजनक नरहेको अबस्थामा अर्थतन्त्रको परिसूचक नेप्से गत असारको तुलनामा धेरै माथि आउनुले आफूहरुलाई सोच्न बाध्य बनाएको उल्लेख छ ।

बोर्डले हल्ला र आधारहिन अनुमानका पछाडि नलागी देशको बिद्यमान आर्थिक परिदृश्य, सूचीकृत संस्थाहरुको आधारभुत बिश्लेषण र जोखिम बहन गर्नसक्ने क्षमतालाई बिचार गरी सजग भएर लगानी गर्न लगानीकर्ताहरुमा आग्रह गरेको छ ।

बिज्ञप्तिमा धितोपत्र बोर्डले बजार बिकास तथा सुधारमा गरेको कार्यले यस प्रकारको बृद्धिलाई केही सहज गरे पनि देशको आर्थिक अबस्था र सूचीकृत कम्पनीहरुको बित्तीय अबस्था आदिलाई हेर्दा यस बृद्धिलाई सजगतापूर्वक लिनुपर्नेमा जोड दिईएको छ ।

१६ चैत २०७२, ८.००

वि.सं.२०७२ चैत १६ मंगलवार १०:३८ मा प्रकाशित

You can share this post!

सन्दर्भ पर्यटन दिवसः बागलुङका पर्यटकीय क्षेत्रमा छैनन् व्यवस्थित पूर्वाधार   

सन्दर्भ पर्यटन दिवसः बागलुङका पर्यटकीय क्षेत्रमा छैनन् व्यवस्थित पूर्वाधार   

वि.सं.२०८० असोज १० बुधवार १४:४१

ढोरपाटन (बागलुङ), १० असोजः हरेक वर्ष पर्यटन दिवसका दिन धार्मिक...

२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन   

२२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन   

वि.सं.२०८० असोज १० बुधवार १३:५४

काठमाडौँ, १० असोज: नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा...

मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल, पुनःनिर्माणबारे भएन कुनै निर्णय     

मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल, पुनःनिर्माणबारे भएन कुनै निर्णय    

वि.सं.२०८० असोज १० बुधवार १३:४९

सञ्चिता घिमिरे काठमाडौँ, १० असोज : काठमाडौँ उपत्यकाको खानेपानीको समस्या...

अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द   

अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द   

वि.सं.२०८० असोज १० बुधवार १३:४४

गण्डकी, १० असोज : मनिपाल अस्पतालमा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको घटनालाई...

नेपाली पर्यटनको आँखी झ्याल : परिवेश, भविष्य र गर्नुपर्ने काम

नेपाली पर्यटनको आँखी झ्याल : परिवेश, भविष्य र गर्नुपर्ने काम

वि.सं.२०८० असोज १० बुधवार १३:३५

हरिशरण न्यौपाने नेपाल प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको खानी हो...

अब आइपीओ भर्दा बैंक खातामा पैसा छैन भने तुरुन्तै रिजेक्ट हुने

अब आइपीओ भर्दा बैंक खातामा पैसा छैन भने तुरुन्तै रिजेक्ट हुने

वि.सं.२०८० असोज १० बुधवार १२:५३

काठमाडौं । अब आईपीओ भर्दा बैंक खातामा पैसा नभए तत्कालै...