
काठमाण्डौं । अपहरणमा परेको इजिप्ट एयरको बिमानबाट अपहरणकारीले चार जना विदेशी नागरिक र चालकदलका ७ जना सदस्यबाहेक सबै जनालाई रिहा गरेका छन्। इजिप्ट एयरले जारी गरेको दोस्रो विज्ञप्ति अनुसार अपहरणकारीसँग वार्ता गरी सबै ५२ यात्रुलाई रिहा गरिएको हो।
बीबीसीले जनाए अनुसार फ्लाइटका क्याप्टेन अमर(अल(गमाललाई विमानका एक यात्रीको शरीरमा विष्फोटक पदार्थ रहेको दावी गर्दै बिमान साइप्रसमा जबर्जस्ती अवतरण गराएका थिए। विमानमा कति अपहरणकारी छन् भन्ने स्पष्ट हुन सकेको छैन।
इजिप्ट एयरका अनुसार विमानमा ५६ यात्रु र ७ जना चालक दलका सदस्य छन्। विमान इजिप्टको अलेग्जेन्ड्राबाट राजधानी कायेरो तर्फ उडेको थियो। अपहरण कसले र कुन प्रयोजनका निम्ति गरेको हो भन्ने बारे बाहिर थाहा हुन सकेको छैन।
१६ चैत २०७२, १.००
वि.सं.२०७२ चैत १६ मंगलवार १३:३५ मा प्रकाशित