back
NMB ad

नेपाल र भातरको खट्पट् सामान्य : राजदूत रे

Kumari bank ad

पाल्पा । भारतीय राजदूत रणजित रेले नेपाल–भारतको सम्बन्ध आत्मीय रहेको बताएका छन्। पाल्पा उद्योग वाणिज्य सङ्घ पाल्पाले गरेको स्वागत कार्यक्रममा उनले नेपाल र भारतबीच केही खटपट हुनु सामान्य भएको बताएका हुन्।

नेपालमा विकासको फड्को मार्न भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताए। पाँच करोडसम्मको भारतीय दूतावासले सिधै लगानी गर्न सक्ने भएकाले प्याकेजमा कार्यक्रम बनाउन उनले अनुरोध गरे।

पूर्वमन्त्री माधव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल–भारतको सम्बन्ध फराकिलो बनाउन नयाँ काम सुरु भएको बताए। उनले नेपाल–भारत मिलेर दुवै देशको विकास गर्न सकिने धारणा राखे। पाल्पाको पर्यटन विकासका लागि सिद्धबाबा क्षेत्रको सडक सुधार गर्नुपर्ने धारणा उनको भनार्इ छ।

नेपाल सरकारले यस सिद्धार्थ राजमार्गको निर्माणका लागि भारत सरकारलाई अनुरोध गरेमा भारत सरकारको प्राथमिकतामा पर्ने आशा उनले व्यक्त गरे। यसैबीच, रायले जिल्लाका राजनीतिक दलका प्रमुख, व्यवसायीलाई समेत सामूहिक रुपमा भेटेका थिए।

१७ चैत २०७२, ११.००

वि.सं.२०७२ चैत १७ बुधवार ११:४० मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...