काठमाण्डौं । जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले लगानीकर्तालाई २५ प्रतिशत बोनस शेयर दिने र सर्बसाधारण लगानीकर्तामा थप शेयर निश्काशन ९एफपीओ जारी गर्ने भएको छ ।
नेपाल लाईफको हिजो चैत्र १६ गते बसेको संचालक समिति बैठकले गत बर्षको खुद नाफाबाट २५ प्रतिशत बोनस पछि १० प्रतिशत एफपीओ जारी गर्ने निर्णय गरेको हो ।
नेपाल स्टक एक्सचेन्जलाई कम्पनी सचिव ओमप्रकाश पुडासैनीले गराएको जानकारी अनुसार संस्थापकतर्फ ७० र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर हिस्सा बनाउन एफपीओ जारी गर्ने प्रस्ताव गरिएको हो ।
बोनस शेयर जारीपछि कम्तिमा २१ लाख कित्ता शेयर एफपीओको रुपमा आउने देखिएको छ । हाल एक अर्ब ७३ करोड चुक्ता पूँजी रहेकोमा बोनस र एफपीओ जारी पछि चुक्ता पूँजी दुई अर्ब ३७ करोड नाघ्ने छ ।
१७ चैत २०७२, १२.००
वि.सं.२०७२ चैत १७ बुधवार १२:५० मा प्रकाशित