back
Kumari Bank

पानामा पेपर्सः शक्तिशाली १४० नेताका अवैध लगानी सार्वजनिक

Nepal Bank

काठमाण्डौं । खोजमूलक पत्रकारहरुको संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्टस (आइसिआइजे)ले विश्वका धनी र प्रख्यात नेताहरुले पर्दा पछाडि रहेर गरेको आर्थिक लगानीको खुलासा गर्दै ‘पानामा पेपर्स’ सार्वजनिक गरेको छ ।

१ करोडभन्दा बढी कागजातहरुबाट विश्वभरका सयभन्दा बढी समाचार संस्थाहरुको सहकार्यमा एक वर्षसम्मको अनुसन्धानपछि यो खुलासा गरिएको हो। यसमा रहेका २ लाख १४ हजार अफसोर कम्पनीका र त्यससँग सम्बन्धित विश्वका २०० देशका १४० नेता र सार्वजनिक पदाधिकारीहरुसित जोडिएको छ।

लिक भएका डकुमेन्टमा ५० भन्दा बढी देशका १४० नेताहरुको नाम जोडिएको छ। यसमा राष्ट्रप्रमुख, उनीहरुका सहयोगी, मन्त्रीहरु र निर्वाचित पदाधिकारीसमेत पर्छन्। यसमा १२८ नेता र सार्वजनिक पदाधिकारीहरुले गरेका गोप्य आर्थिक कारोबारको विस्तृत विवरणसमेत छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीहरु, पाकिस्तान र आइसल्यान्डका प्रधानमन्त्री, साउदी अरबका राजा, अजरबैजानका राष्ट्रपतिका सन्तानको नियन्त्रणमा रहेको कम्पनीहरुको खुलासा फाइलहरुले गरेका छन्।

त्यस्तै, भ्रष्टाचारविरुद्ध अभियान छेड्ने चिनियाँ नेता सि जिनपिङ, भ्रष्टाचारविरुद्ध सुधार अभियान चलाएको भन्ने युक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्को, ट्याक्स हेभन रिफर्म गर्ने बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनका स्वर्गीय पिताका अवैध लगानीहरुका बारेमा पनि यसले खुलासा गरेकोछ ।
२२ चैत २०७२, ८।००

वि.सं.२०७२ चैत २२ सोमवार ११:३० मा प्रकाशित

You can share this post!

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

बिपी राजमार्गको काभ्रे–खण्डमा राति यातायात सञ्चालनमा रोक   

वि.सं.२०८२ असार २० शुक्रवार १८:१९

काभ्रेपलाञ्चोक  : बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी आइतबारदेखि राति साढे १०...

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत   

वि.सं.२०८२ असार २० शुक्रवार १७:१९

कैलाली  : कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै,...

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

एमएडब्लूले बालकुमारी र बसुन्धरामा अत्याधुनिक ईभी सर्भिस सेन्टर सञ्चालन गर्ने

वि.सं.२०८२ असार २० शुक्रवार १७:१०

काठमाडौं । ग्राहकलाई अझ राम्रो सेवा दिन र आफ्टर सेल्स...

लागत नजिक अण्डाको मूल्य   

लागत नजिक अण्डाको मूल्य   

वि.सं.२०८२ असार २० शुक्रवार १६:५४

नारायणगढ (चितवन) : गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको...

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

मञ्जुश्री फाइनान्सद्वारा केडिया आँखा अस्पताललाई एसी सहयोग

वि.सं.२०८२ असार २० शुक्रवार १६:४८

वीरगञ्ज : संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो...

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित   

वि.सं.२०८२ असार २० शुक्रवार १६:४१

काठमाडौँ : राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भएका छन्...