
काठमाण्डौं । निर्माण तथा संरचना विकास सम्बन्धित दोस्रो नेपाल बिल्डकन तथा वुड अन्तराष्ट्रिय प्रदर्शनी २०१६ चैत २६ गते देखि चैत २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुने भएकोछ ।
आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक मिडिया स्पेस सोलुसन्सले उक्त कुराको जानकारी दिएको हो । प्रदर्शनीमा एक सय नौ वटा स्टल रहने आयोजकले जनाएको छ। संरचना निर्माणका सामग्री, निर्माणका उपकरण, काष्ठ सामग्रीहरु प्रदर्शनी हुने आयोजकले जनाएको छ।
भुकम्पपछि प्राथमिकतामा परेको पुननिर्माणमा नयाँ प्रविधि सहित विकल्प दिन प्रदर्शनीको आयोजना गरिएको बताइएकोछ । जसमा भियतनाम, बेल्जियम, चीन लगायत विभिन्न देशका मल्टीनेसनल कम्पनीका आधुनिक पुननिर्माणका सामग्री तथा संरचनाका पूर्वाधार प्रदर्शन गरिने छ ।
२४ चैत २०७२, २.००
वि.सं.२०७२ चैत २४ बुधवार १४:२९ मा प्रकाशित