back

झापा गोल्ड कपलाई कतारबाट तीन लाख सहयोग

काठमाण्डौं । वैदेशिक रोजगारीको क्रममा विगत १० वर्षदेखि कतारमा कार्यरत झापा विर्तामोडका राजन श्रेष्ठले मोफसलकै सर्वाधिक राशिको रमपम झापा गोल्ड कप–२०७२ लाई द्वितीय पुरस्कार तीन लाख रुपैंया सहयोग प्रदान गरेका छन्।
नेपाली फुटबल टिम कतारका उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठ सानैदेखि खेलमा रुचि राख्ने र नेपाली खेलकुदलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन कतारमा समेत निरन्तर सक्रिय छन्।
नेपाली फुटबल खेलको स्तरोन्नतिका लागि आफ्नो ठाउँबाट सबैले सकेको सहयोग गरिएमा नै नेपाली खेलकुदले विकास गर्ने आशा लिएर उक्त रकम सहयोग गरेको श्रेष्ठले बताए।
चैत १८ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमबीच प्रतियोगिता झापामा सुरु भइरहेको छ । अन्तिम फाइनल खेल चैत २७ गतेदेखि हुनेछ । उक्त प्रतियोगिताका लागि प्रथम पुरस्कार रु ६ लाख छ भने सहारा नेपाल (साकोस) सहयोग गरेको छ ।

प्रकाशितः २०७२ चैत्र २४

वि.सं.२०७२ चैत २४ बुधवार १४:२८ मा प्रकाशित

You can share this post!

मुगुको गमगढीमा आगलागी   

मुगुको गमगढीमा आगलागी   

वि.सं.२०८० असोज ६ शनिवार ०७:११

मुगु, ६ असोज  : मुगु सदरमुकाम गमगढी बजारको कालिका मालिका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा   

वि.सं.२०८० असोज ६ शनिवार ०७:०५

ढोरपाटन (बागलुङ) ६ असोज : निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक...

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

मलेसिया पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने पक्राउ   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५८

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीले मलेसिया पठाइदिन्छु भनी ठगी...

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

चाडपर्वमा यातायात क्षेत्र चुस्त बनाउन कार्यदल गठन   

वि.सं.२०८० असोज ६ शनिवार ०६:५४

काठमाडौँ, ५ असोज : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

आज कहाँ-कहाँ पर्दैछ पानी ?

आज कहाँ-कहाँ पर्दैछ पानी ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४९

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर...

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

आज ६ असोज २०८० शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० असोज ६ शनिवार ०६:४०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...