
नेपालको नेतृत्वमा रक्सौल एनओसी टेंकर मजदुर
हेटौंडा । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन रक्सौल एनओसी टेंकर रुट इकाइको पाँचौअधिवेशनले अर्जुन नेपालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा अकुर बर्तौला, सचिवमा हरिश्चन्द्र उप्रेती, सहसचिवमा सुवास भट्ट र कोषाध्यक्षमा पुष्प मैनालीलाई चयन गरेको छ ।
जंगली जनावरलाई रत्याएर आधुनिक यातायातको विकास
अधिवेशनको नेपाल ट्रेड यूनियन महासंघ जिफन्टका कार्यबाहक महासचिव जनक चौधरीले उद्घाटन गरे । कार्यक्रमकामा चौधरीले गर्दै मनु स्मृतिका कुरा गर्दै कृषि युग संगसंगै जंगली जनावरलाइ रत्याएर सुरु भएको यातायात क्षेत्र विकासक्रममा आज अत्याधुनिक र अत्यावश्यक साधनका रुपमा परिणत भएको बताए । उनले यातायातका साधन नहुने हो भने आजको दिनमा सबै विकास कार्य ठप्प हुने जिकिर गर्दै यातायात क्षेत्रका श्रमिकलाई राज्यले न्याय गर्न नसकिरहेको आरोप लगाए । श्रमिकले जातिय आन्दोलनमा नलागेर वर्गीय आन्दोलनलाई प्राथमिकता दिंदा श्रमिकको हित हुनेमा उनको जोड थियो ।
कार्यक्रमका नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कार्यबाहक अध्यक्ष अर्जुन अर्यालले हाकिमहरुले आफ्नो चोरी लुकाउन टेंकर मजदुरका नाममा चोरीको आरोप लगाएको बताए । उनले भने, ʽटेंकर मजदुर चोर होइनन, आयल निगमका हाकिमहरुले आफ्नो चोरी लुकाउन निरीह मजदुरलाइ चोरको संज्ञा दिदै प्रचार गरेका हुन् । चोरीको आरोपमा आयल निगमका हाकिमहरु पुर्पक्षमा थुनामा रहेको, अख्तियार धाएको फेहरिस्त हामी संग छ । चोर खोज्न टेंकरको स्टेरिङमा होइन निगमको घुम्ने मेचमाथी बस्नेका बिच गएर अनुसन्धान गर्न सम्बन्धित पक्षलाइ आग्रह गर्दछु ।ʼ
कार्यक्रममा महासंघका सचिव दिपक काफ्ले, केन्द्रीय सदस्यहरू केशव थापा, मणिप्रसाद पाठक, बिष्णुप्रसाद अर्याल, टेंकरक्षेत्र केन्द्रिय समन्वय समितिका सदस्य कुमार बर्तौला, मध्यमाञ्चल पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष दिपक सिवाकोटी, रौतहट जिल्ला अध्यक्ष हरि प्रसाईं लगायतले यातायात क्षेत्रका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा रौतहट जिल्ला कमिटि र टेंकर इकाइ कमिटिले जिफण्ट ऐक्यवद्धता कोषमा २५/२५ हजार रुपैंया प्रदान गरेका थिए ।
वि.सं.२०७२ चैत २६ शुक्रवार १८:०५ मा प्रकाशित