काठमाण्डौं । नेपाल इन्भेष्टमेण्ट बैंकको नयाँ शेयर अर्थात एफपिओको बाँडफाँड चैत ३० गते मंगलबार हुने भएको छ ।
बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक नागरिक लगानी कोषले शुक्रबार शेयर बाँडफाँडको मोडेल धितोपत्र बोर्डमा पठाएको छ । बोर्डबाट शेयर बाँडफाँडको स्विकृति आए पछि मंगलबार शेयर बाँडफाँड गर्ने तयारी कोषले गरेको हो ।
जानकारीमा आए अनुसार, यो एफपीओबाट साना लगानीकर्ताले ३३ प्रतिशत शेयर पाउने छन् भने ठुला लगानीकर्ताले ८ दशमलव ५ प्रतिशत शेयर पाउने छन् ।
२८ चैत २०७२, ९.००
वि.सं.२०७२ चैत २८ आइतवार ११:३५ मा प्रकाशित