पुष्कर शाह ।
एकदिन,
पर्यटन मन्त्री माननीय आनन्द प्रसाद पोखरेल हाम्रो गाउँ आउनु भो र भन्नु भो।
” पुस्कर शाहले देशको लागि गरेको योगदानलाई कदर गर्दै म उनलाई पर्यटन सदभावना राजदुत बनाउछु ”
गाउँलेहरु गदगद भए र हात चिलाउनेगरि तालि बजाए ।
एकदिन ,
पर्यटन मन्त्रि ज्युलाई भेटेर भने ” माननीय ज्यु, भोको पेटलाई गुलाफले कुनै अर्थ राख्दैन।
म पर्यटन सदभावना राजदुत नभईकन संसार घुमेको , अरु कसैलाई अवसर दिनुस ।”
एकदिन ,
आमालाई सोधें ” कतिवटा चकटी बुनिसकेउ ? ”
स्कुलमा केटाकेटीले फालेका चकलेट र चाउचाउका खोलहरु पुन प्रयोग गरेर मेरी आमा चकटी बुन्छिन। म उनले बुनेको चकटी ३०० रुपियाँ म किनिदिन्छु र बिदेशी साथीहरुलाई बेच्छु ।
आमाले भनिन ” भो कान्छा अब त चकटी बुन्दिन”
” किन नबुन्ने ?” मैले सोधें। उनि महिनामा १० वटा चकटी बुनेर ३००० कमाउछिन।
“अस्ति मन्त्रिले तलाई राजदुत बनाउछु भनेको हैन ? अब त लाज हुन्छ गाँठे, राजदुतकि आमा स्कुलको चौरतिर चाउचाउको खोल टिपी हिड्न ।”
एकदिन ,
आमालाई कसले बुझाई देला सदभावना राजदुत र महामहिम राजदुत फरक हुन्।
अनि – सन् १९९८ मा देशले पर्यटन वर्ष मनाउदा म देशको झन्डा बोकेर देश चिनाउदै संसार घुम्छु भन्दा पर्यटन वर्षको सचिबालयले विश्वास गरेन। सन् २००९ मा संसारका १५० देश घुमेर फर्केपछी, सन् २०१० मा संसार भरिका झन्डा सगरमाथामा फहराएर आएपछी, देशले सन् २०११ मा पर्यटन वर्ष मनायो । त्यतिबेला पनि देशले साइकलमा डुल्नेहरुलाई डुलुवा नै ठान्यो।
धन्यबाद पर्यटन मन्त्रि माननीय आनन्द प्रसाद पोखरेलज्यु मेरो साइकलको पांग्रालाई सम्मान गरिदिन भएकोमा।
आमालाई पो कसरि सम्झाउने ? हैट।
शाहको फेसबुकबाट
वि.सं.२०७२ चैत २९ सोमवार ११:११ मा प्रकाशित