
काठमाडौं । आइसीसी विश्वकप क्रिकट लिग अन्तर्गत नेपाल र नामिबिया विरुद्ध ४ र ६ बैशाखमा हुने खेलका लागि ६ सय भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् ।
अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ले नेपालमा खेल आयोजनाका लागि सुरक्षा सर्त राखेको थियो त्यसैले सरकाले खेलका लागि बिशेष सुरक्षा टोली खटाउने भएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
टियु मैदानमा खटिने सुरक्षाकमीलाई विशेष तालिमसमेत दिइने भएको छ ।
प्रहरीले दर्शक बस्ने स्थानमा पनि सादा पोसाकका सुरक्षाकर्मी खटाउने छ । प्रहरीले मैदानपट्टि फर्किएर खेल हेर्न पाउनेछैनन् । यसअधिका खेलमा सुरक्षाकर्मीले मैदानपट्टि फर्किएर बस्दा दर्शकले अभद्र व्यवहार गर्ने गरेका थिए ।
त्यसतै, नेपालमा पहिलोपटक सिपिसटिभीको निगरानीमा क्रिकेट खेल सञ्चालन हुँदै छ । खेलको सुरक्षा संवेदनशीलतालाई हेरेर टियु भैदानमा सिसिटिभीसमेत जडान गरिएको छ ।
खेलको क्रममा टियु मैदानलाई ६ घेरामा सुरक्षाकर्मीले सुरक्षा दिनेछन । जुन अन्तराष्ट्रिय स्तरको हुनेछ ।
प्रकाशितः २०७२ चैत्र ३०
वि.सं.२०७२ चैत ३० मंगलवार १०:०६ मा प्रकाशित