back

एनसेलको २० प्रतिशत कर नै २ सय ८३ करोड !

Kumari bank ad

काठमाण्डौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको २० प्रतिशत स्थानीय साझेदारको सेयर स्वामित्व परिवर्तनका लागि हिजो सोमबार २ सय ८३ करोड रुपैयाँ कर भुक्तान गरेको छ।

नेपालको कानुन अनुसार २० प्रतिशत सेयर नेपाली नागरिककै नाममा रहनुपर्छ। यही प्रावधान अनुसार निरजगोविन्द श्रेष्ठका नाममा एनसेलको २० प्रतिशत सेयर रहेको थियो, जसमा टेलियासोनेराको ‘इकोनोमिक इन्ट्रेस्ट’ थियो। व्यवहारिक रुपमा यो टेलियासोनेराकै स्वामित्वको सेयर भए पनि कानुनी रुपमा श्रेष्ठको नाम थियो।

श्रेष्ठ र मलेसियाको एक्जियटाले स्थानीय साझेदार छानेको सुनिभेरा बीच ३ अर्ब ३१ करोड रुपैयाँको एसपिए ९सेयर खरिद सम्झौता० थियो। तर आज बुक भ्यालुका आधारमा २८३ करोडको कर भुक्तान गरिएको हो। यो हिसाबले २० प्रतिशत सेयरको भ्यालुएसन ११ अर्ब रुपैयाँमा भएको छ।

स्थानीय सेयर खरिदबिक्रीका लागि प्रक्रिया यसअघि नै बढिसकेकोमा आज कर भुक्तानसहित त्यसलाई टुङ्गो लगाइएको हो। एनसेलको बाँकी ८० प्रतिशत सेयरबारे भने सरकारको कुनै पनि निकायलाई अहिलेसम्म कुनै जानकारी दिइएको छैन।

तर एनसेलको माउ कम्पनी टेलियासोनेराले भने स्थानीय साझेदारको २० प्रतिशत सेयर खरिदबिक्रीका लागि कर भुक्तान गरिए लगत्तै एनसेलको लगानी फिर्ता लग्ने प्रक्रिया पूरा भएको घोषणा गर्दै वक्तव्य सार्वजनिक गर्‌यो।

नेपाल सरकारको कागजातमा बाँकी ८० प्रतिशत सेयर रेनल्डस होल्डिङ्ग्सको नाममा छ जुन ट्याक्स हाभेन सेन्ट किट्समा दर्ता भएको कम्पनी हो। यो कम्पनीमा कुनै पनि कर्मचारी नरहेको र यसका बोर्ड अफ डाइरेक्टरलाई पनि कुनै पनि तलब वा पारिश्रमिक भुक्तान नगरिएको घोषणा डाइरेक्टरले नै गरेका छन्।

रेनल्ड्सको १०० प्रतिशत स्वामित्व टिएस नर्वे नामको नर्वेमा दर्ता भएको कम्पनीसित छ। त्यसभन्दा माथि टिएस एसिया नामको कम्पनी छ। यो टिएस एसिया नामको कम्पनीमा चाहिँ ७५.५ प्रतिशत सेयर टिएस युटिएसित छ जो टेलियासोनेराको शतप्रतिशत स्वामित्वमा छ। टिएस युटिए डच कानुन अनुसार नेदरल्यान्डसमा दर्ता भएको कम्पनी हो।

बाँकी २४।५ प्रतिशत स्वामित्व चाहिँ एसइए टेलिकम नामको कम्पनीसित छ। एसइए टेलिकम नेदरल्यान्डसको कानुन अनुसार ३० जुलाई २००८ मा दर्ता भएको कम्पनी हो जसको स्थापना र व्यवस्थापन भाइजर ग्रुपले गर्छ।

भाइजर ग्रुपमा को-को छन्, कुनै पनि सार्वजनिक कागजातमा खुल्दैन। सार्वजनिक कागजातमा लेखिएको हुन्छ, एसइए टेलिकमका अल्टिमेट बेनेफिसियल ओनरहरु हाइ नेट वर्थ भएका व्यक्तिहरुको समूह हो, जसको सम्बन्ध लामो समयदेखि भाइजर ग्रुपसित छ।

को हुन् त ती हाइ नेट वर्थ भएका व्यक्तिहरुरु परिचय नखुल्ने यस्तै कम्पनीहरुका वास्तविक मालिकहरुको पहिचान खुल्ने कागजातसहितको दस्तावेज पनामा पेपर्समार्फत् लिक भएपछि अहिले विश्वभर हङ्गामा मच्चिरहेको छ।

टेलियासोनेराद्वारा एनसेल बिक्री पूरा भएको घोषणा
टेलियासोनेराले मोबाइल सेवा प्रदायक नेपाली कम्पनी एनसेलबाट आफ्नो लगानी फिर्ता गर्ने प्रक्रिया पूरा भएको घोषणा गरेको छ। सोमबार जारी प्रेस विज्ञप्तिमा टेलियासोनेराले डिसेम्बर २१, २०१५ मा घोषणा भए अनुसारका सहमतिका शर्तहरुमा रही डाइभेस्टमेन्ट पूरा भएको जनाएको छ।

ुएनसेलबाट लगानी झिकेर एक्जियटालाई बुझाउने प्रक्रिया पूरा भएको घोषणा गर्न पाउँदा म धेरै खुसी छु,ु टेलियासोनेराका अध्यक्ष तथा सिइओ जोन डेन्नेलिन्डले विज्ञप्तिमा भनेका छन्।

युरेसियामा आफ्नो उपस्थिति घटाउँदै जाने टेलियासोनेराको घोषित नीति अनुसार उसले एनसेलको लगानी झिकेको हो।

नेपालको कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको एनसेल प्राइभेट लिमिटेडको ६०.४ प्रतिशत हिस्साको स्वामित्व लिएको सेन्ट किट्समा दर्ता भएको अफसोर शेल कम्पनी रेनोडल्ड्स होल्डिङ्ग्सका सेयर एक्जियटाले एक अर्ब तीन करोड अमेरिकी डलरमा खरिद गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यस्तै टेलियासोनेराले निरजगोविन्द श्रेष्ठको नाममा रहेको २० प्रतिशत स्थानीय साझेदारको सेयरमा रहेको इकोनोमिक इन्ट्रेस्टबाट पनि सिंगापुरको सुनिभेरा क्यापिटल भेन्चर्सलाई ४ करोड ८० लाख अमेरिकी डलर पाएपछि हात झिकेको विज्ञप्तिमा उल्लेख गरेको छ।

टेलियासोनेराले खासमा ती सेयर नेपालको कानुनले नमिल्ने भएरमात्र श्रेष्ठको नाममा देखाइरहेको थियो।

२० प्रतिशत स्थानीय साझेदारको सेयर नेपाली नागरिकले खरिद गर्नुपर्ने भए पनि विज्ञप्तिमा सिंगापुरको कम्पनीलाई बेचिएको भनिएको छ। सिंगापुरको उक्त कम्पनी टेलियासोनेराले एक्जियटालाई एनसेल बेच्ने घोषणा हुनुअघि हतारहतार एक डलरमा खडा गरिएको शेल कम्पनी हो।

उक्त कम्पनीका एक मात्र सेयरहोल्डर भावनासिंह श्रेष्ठ रहेकी छिन्, जो सतिशलाल आचार्यकी श्रीमती हुन्।

टेलियासोनेराले सबै सम्वद्ध निकायबाट बिक्रीका लागि अनुमति पाइसकेको दावी गरेको छ। तर पूँजिगत लाभ करको विषयमा लामो समयदेखि उठेको विवाद अन्त्य भइसकेको छैन।

गएको साता अर्थ समितिमा एनसेलको विषयमा छलफल हुने निर्धारित कार्यक्रम अकस्मात् स्थगित गरिएको थियो।

३० चैत २०७२, ९.००

वि.सं.२०७२ चैत ३० मंगलवार ११:३४ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

ग्लोबल आइएमई बैंकको सेवा अवरुद्ध हुने

वि.सं.२०८० असोज १० बुधवार १८:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकको सेवा २ घण्टा अबरुद्ध हुने...

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न

वि.सं.२०८० असोज १० बुधवार १८:३४

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३...

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

सनराइज क्यापिटलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत नगद लाभांश पारित

वि.सं.२०८० असोज १० बुधवार १८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका...

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने

वि.सं.२०८० असोज १० बुधवार १८:२२

काठमाडौं । गरिमा विकास बैंकले विदेशबाट मोबाईल बैकिङ सुचारु गर्ने...

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

आँबुखैरेनीमा रासायनिक मल कारखाना खोल्न सम्भाव्यता अध्ययनका लागि मलेसियन कम्पनीसँग सम्झौता   

वि.सं.२०८० असोज १० बुधवार १८:०८

काठमाडौँ, १० असोज : नेपालमा रासायनिक मल कारखाना खोल्ने सम्बन्धमा...

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

अब बैंकले दैनिक २० केजी सुन आयात गर्नसक्ने, राष्ट्र बैंकले जारी गर्यो सर्कुलर

वि.सं.२०८० असोज १० बुधवार १७:५९

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक...